२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

अनुदान उत्पादनमा प्रेरक

कास्कीको रुपा गाउँपालिका-५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहेकी छिन्। विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छिन्। दश बाख्राबाट सुरु गरेकी उनका खोरमा हाल २४ बाख्रा भइसकेका छन्। गएको दशैंमा घरमा मासुको व्यवस्थासँगै पाँच पाठा बेचेर अन्य खर्च एवं बैंकको किस्ता तिरेको गुरुङ बताउँछिन्।

विगतमा बाँदरका कारण अन्य खेती गर्न नसकेका अवस्थामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ‘नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) बाट प्रदान गरिएको अनुदान सहयोगले यतिखेर गुरुङ जस्तै गाउँका २४ महिला बाख्रापालनमा लागेका छन्। अन्नपूर्ण पशुपालक समूहमा आबद्ध उनीहरू यतिखेर बाख्रापालन सक्रिय बनेका हुन्।

आयोजनाले मासु उत्पादन मूल्य शृंखलाअन्तर्गत सम्बन्धित व्यक्ति एवं संस्थाको २० प्रतिशत र बैंकको ३० प्रतिशतः ऋण लगानीसहित आयोजनाबाट ५० प्रतिशत अनुदान दिने गरी प्रस्ताव आह्वान गरेकामा उक्त समूहले सबै प्रक्रिया पु¥याएर सो अनुदान सुविधा लिएको थियो।

कास्कीको रुपा गाउँपालिका-५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहेकी छिन्। विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छिन्।

बाख्रापालनका लागि कुल एक करोड ९८ लाख रुपैयाँ लगातमध्ये स्वलगानी ३९ लाख रुपैयाँ, बैंकको ५९ लाख रुपैयाँ र आयोजनाको ९९ लाख ४३ हजार रुपैयाँ रहेको अन्नपूर्ण पशुपालक समूहका सचिव अप्सरा श्रेष्ठले बताइन्। समूहले आयोजनासँग २०७८ भदौमा सम्झौता गरेको हो।

आयोजना अन्तर्गत सुधारिएका खोर निर्माण, खरी बाख्रा तथा ५० प्रतिशत बोयर बोका खरिद, बाख्रापालन व्यवसायीकरण, आधुनिकीकरणले खोरमा यतिखेर बाख्राका पाठा हुर्किंदै छन्। समूहका कतिपयले बिक्री समेत गर्न थालेको श्रेष्ठ बताउँछिन्।

‘अनुदानले स्वरोरजगार बनाउन टेवा पु¥याएको छ’, उनले भनिन्, ‘दैनिक १९ किलो मासु उत्पादन गर्ने दीर्घकालीन योजना छ।’

समूहले उत्पादित मासुको बजार व्यवस्थापन गरिसकेको उल्लेख गर्दै उनले उत्पादित बाख्रा, पाठा घरघरबाटै बिक्री हुन थालेको समूहका अर्की सदस्य दुर्गा विक बताउँछिन्।

आयोजनाकै अनुदान प्राप्त पोखरा महानगरपालिका-३१ चक्रदेवी गुणस्तरीय दूध उत्पादन केन्द्रले सम्झौता अनुसारका काम सम्पन्न गरी अनुदान सहयोगको सम्पूर्ण किस्ता भुक्तानी गरिसकेको छ। अनुदान सम्झौता अनुसार कुल लागत एक करोड ३३ लाख रुपैयाँको ५० प्रतिशत अनुदान एवं स्वलगानी २० प्रतिशत र बैंकको ३० प्रतिशत ऋण लगानी गरी गाईगोठ निर्माण, गाई खरिद र आवश्यक मेसिन औजार खरिद गरिएको  केन्द्रका व्यवस्थापक इन्द्रप्रसाद तिवारीले बताए।

समूहले उत्पादित मासुको बजार व्यवस्थापन गरिसकेको उल्लेख गर्दै उनले उत्पादित बाख्रा, पाठा घरघरबाटै बिक्री हुन थालेको समूहका अर्की सदस्य दुर्गा विक बताउँछिन्।

आयोजानबाटै अनुदान प्राप्त गरी जिल्ला सहकारी संघ लिमिटेड कास्कीले दुग्ध प्रशोधन केन्द्रको क्षमता विस्तार गरेको वरिष्ठ व्यवस्थापक भोजराज घिमिरेले बताए। विसं २०५७ देखि एक हजार लिटर दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको केन्द्रले अनुदान सहयोग प्राप्त भएसँगै हाल दुई हजार पाँच सय लिटर दूध संकलन, प्रशोधन र बजारीकरण गर्न थालेको छ।

‘उपआयोजनापूर्व दूध, दही र पनिर मात्र उत्पादन हुन्थ्यो, अनुदान सहयोगपछि आइसक्रिम, खुवा, मिठाई लगायत वस्तु पनि विविधिकरण गरिएको छ’, उनले भने। उपआयोजना सञ्चालनपछि ५० जनाले प्रत्यक्ष र एक सय जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।

आयोजानबाटै अनुदान प्राप्त गरी जिल्ला सहकारी संघ लिमिटेड कास्कीले दुग्ध प्रशोधन केन्द्रको क्षमता विस्तार गरेको वरिष्ठ व्यवस्थापक भोजराज घिमिरेले बताए।

आयोजना अन्तर्गत गण्डकी प्रदेशका जिल्लामा कुल दुई सय ४१ अवधारणापत्र प्राप्त भएकामा एक सय ७८ फार्म एवं संस्था स्वीकृत भएको पूर्ण प्रस्ताव तालिम तथा मूल्यांकनपछि ७४ उपआयोजनासँग सम्झौता भएको विकेन्द्रीकरण आयोजना सहयोग एकाइ पोखराका निमित्त प्रमुख डा प्रकाश अधिकारीले बताए।  

प्रकाशित: २९ वैशाख २०८० ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App