६ आश्विन २०८१ आइतबार
image/svg+xml

वीरगन्ज - पथलैया ६ लेन सडक असारभित्र

पारवानी–गण्डक चार ‘लेन’ सडकखण्डमा पनि ठाउँ खाली गराउने काम लगभग सकिएकाले त्यहाँ पनि भौतिक प्रगतिमा अब सुधार हुने उनले विश्वास व्यक्त गरे। यस चार लेन सडकको निर्माण भने २०७४ पुसदेखि सुरु भएको थियो।

डोकामा तरकारी व्यापार

घरखर्च जुटाउने मेसोमा तरकारी व्यापार गर्ने अवसर जुट्यो। चोकमा बसिरहँदा ग्राहक नपाइने भएकाले तरकारीको डोको बोकेरै भित्री चोकगल्ली डुलाउने गरेको उनले सुनाइन्।

लगानीको वातावरण अझै बनेन : उपाध्यक्ष गोल्छा

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला मंगलबार सकिएको छ। मेलाको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचकहरु राम्रो देखिए पनि लगानीको वातावरण बन्न नसकेको बताए। मुलुकको अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्रको मनोबल बढाएर लगानी आकर्षण गर्न सरकारलाई उनले सुझाव दिए।

औद्योगिक व्यापार मेला सकियो

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७१ हजार, ५१ हजार र २५ हजार नगदसहित पुरस्कार प्रदान गरियो।

स्थानीय वस्तु तथा सेवा पहिचानको प्रयासमा मन्त्रालय

विश्व व्यापार संगठनको स्थानीयकरण एवं स्थानीय उत्पादनको सम्भावना भएका वस्तु तथा सेवाको पहिचानका विषयमा खोटाङका उद्योगी तथा व्यवसायीबाट राय संकलन गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि व्यापार मेला

मेला र महोत्सव व्यावसायिक प्रवर्द्धन मात्रै नभई संस्कृति संरक्षण र प्रवद्र्धनको रुपमा समेत आयोजना हुन थालेका छन्। नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरिसकेको अवस्थामा व्यावसायिक उत्पादनलाई बढावा दिई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसमेत मेला र महोत्सवको छ। मेलामार्फत होमस्टे प्रवद्र्धन गर्दै नयाँ पर्यटकीय गन्तव्यको प्रचार गरिने ध्येयसमेत लिइएको छ।

सिमि किन्न गाउँमै आउँछन् व्यापारी

जुम्ला तिला गाउँपालिका ८ की उनकौला बस्नेत सिमि उत्पादन गर्ने राम्रो किसान हुन्। उनी बर्षेनी सिमि बेच्छिन्। सिमि बेचेको रकमले घर खर्च चलाउँछिन्। सिमि बेच्न बजारसम्म जान झण्डै एक घण्टा लाग्छ।

बंगलादेशसँग व्यापार बढाउन प्रदेशको पहल

प्रदेश १ सरकारले प्रदेशमा उत्पादित वस्तुको बंगलादेश निर्यात बढाउन पहल थालेको छ । बंगलादेशमा नेपाली उत्पादनको बजार सम्भावना केलाउँदै निर्यातमा प्रोत्साहन गर्न सरकारले उद्योगी–व्यवसायीसँग छलफल चलाइरहेको छ ।

निर्यात व्यापार सन्तोषजनकः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय व्यापारमा सुधारको संकेत

केही वर्षयता उच्च आयातले अर्थतन्त्र समस्यामा परेका बेला चालु आर्थिक वर्षको सुरुदेखि नै निर्यातमा सुधार देखिएको छ। मुलुकको वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यातको अंश ज्यादै कम छ। त्यसैले निर्यातमा आएको ठूलै सुधारले पनि ठूलो आकारको व्यापार घाटा कम गर्न उल्लेख्य योगदान दिन सक्दैन। यही बेला आयातमा समेत कमी आएकाले वैदेशिक व्यापारमा झिनो रुपमा भए पनि सुधार देखिएको छ।

बन्धक बनाएर देहव्यापार

भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई देहव्यापारमा सङ्लग्न गराएको खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालयले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेकालाई सार्वजनिकसमेत गरेको छ।

बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकियो:अर्थमन्त्री डा. खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताएका छन्।

अमेरिकी व्यापार घाटा घट्यो, अक्टोबरमा घाटा प्रतिशत ७.६ कायम

अमेरिकाको ब्यापार घाटा अक्टोबरमा अनपेक्षितरूपमा घटेको सरकारी तथ्याङ्कले देखाएको छ।

सिपिङ कम्पनीको कब्जामा नेपाली व्यापार

‘डाइरेक्ट ट्रान्ससिपमेन्ट’ प्रणाली लागू भएपछि अनपेक्षित रुपमा नेपालको समुद्रपार व्यापारमा ‘सिपिङ कम्पनी’को कब्जा कायम हुन पुगेको भनि सरोकारवालाले चिन्ता जनाएका छन्। ‘डाइरेक्ट सिपमेन्ट’ प्रणालीले एकातिर ‘डिटेन्सन’, ‘डेमरेज’, सुस्त व्यापार, ‘कार्गो ह्यान्डलिङ’ तथा ढुवानीमा विभिन्न तहका बिचौलियाको समस्या समाधान भएको छ भने अर्कोतिर ‘सिपिङ कम्पनी’को मनोमानी समस्याका रुपमा देखा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्