६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिमि किन्न गाउँमै आउँछन् व्यापारी

तिला ८ मा सिमि बेच्दै सिमि समूहः नागरिक

जुम्ला - जुम्ला तिला गाउँपालिका ८ की उनकौला बस्नेत सिमि उत्पादन गर्ने राम्रो किसान हुन्। उनी बर्षेनी सिमि बेच्छिन्। सिमि बेचेको रकमले घर खर्च चलाउँछिन्। सिमि बेच्न बजारसम्म जान झण्डै एक घण्टा लाग्छ।

संधै सिमि बजारसम्म बोकेर लिन्छिन्। तर यो पटक गाउँमै ब्यापारी आएपछि सिमि बेच्न निकै सहज बन्यो। उनले भनिन्,‘यो वर्ष गाउँमै सिमि बेच्न पायौँ, हामीले भनेको मुल्य पनि पायौँ।  ’ सिमि खरिद गर्न व्यापारी गाउँमा आएकोमा दंग भएको उनले सुनाइन्।  बजारको अभावमा सिमि उत्पादन गर्ने किसान घटेका थिए। अब गाउँमै ब्यापारी आएर सिमि लिन थालेपछि निकै सहज भएको छ।

उनको गाउँमा वल्र्डभिजनको सहयोमा कर्णाली दिगो विकास प्रतिष्ठान (काष्डा) बाट कृषि तथा आर्थिक विकास परियोजना लागु भएको छ। गाउँमा ७ वटा सिमि उत्पादन समूह छन्। यो पटक यहाँ गठित सिमि उत्पादन समुहले २ सय क्वीन्टल सिमि बेचेका छन्। उनीहरुले झण्डै २२ लाख रुपैयाँ आम्दानी गरे।

पहिले सिमि लगाउथ्यौँ, अहिले सिमि व्यवसाय गर्न सिक्यौँ। पहिले जथाभावी सिमि बेच्थ्यौँ, अहिले ग्रेडिङ गरेर बेच्न थाल्यौँ,सिमि किसान उनकौलाले भनिन्,‘गुणस्तरिय सिमि उत्पादन गर्न सके बजार खोज्न टाढा जानु पर्दोरहेनछ।’ माटोसंगै सिमिको बोट उठाउन थालेका किसान अहिले सिमिको बोट काटेर ल्याउछन्। जसले सिमिसंग माटो ढुंगा आउन पाउदैन्।

  सिमिको जराबाट मल बनाउँछन्। सबैले एकै थलोमा सिमि जग्गा गर्छन। ब्यापारी गाउँमै बोलाउँछन्। ब्यापारीलाई एक मुष्ट सिमि लैजान पनि सहज,किसानलाइ बेच्न पनि निकै सहज बनेको छ। गाउँमै एक सय १० रुपैयाँ प्रतिकेजीमा स्याउ किनबेच भइरहेको छ।  अर्को वर्ष प्याकेट आफै बनाउने किसान बताउँछन् । एक वर्ष पहिलेसम्म चामलसंग पनि यहाँका किसानले सिमि साटेका थिए।

सिमि ब्यापारी जयलाल रावत सिमि खरिद गर्न निकै सहज भएको बताउँछन्। उनले भने््े,‘ पहिले सिमि खरिद गर्न घरघरै पुग्नु पथ्र्यो। अहिले एकै ठाउँमा जम्मा गरेको अवस्थामा सिमि भेटिन्छ। अहिले किसानले सिमि  ग्र्ेडिङ गर्दै आइराखेका छन्। यो निकै राम्रो अभ्यास हो।’

एक सय ७७ घर छन्। एक घरले एकदेखि तीन क्वीन्टलसम्म सिमि बेचेका छन्। प्रत्येक घरमा सिमि लगाउँछन्। कर्णाली दिगो विकास प्रतिष्ठान (काष्डा) ले सिमि लगाउने तरिका, तालिम, अनुदान सामाग्री प्रदान गरेको बजार संयोजक  श्रीराम थापा बताउँछन्। सिमि समुहमा महिला मात्र आवद्ध छन्।

कृषि खेति गरेर महिलाको आर्थिक उन्नती गर्ने परियोजनाको एक मात्र ध्यय हो।   समुलाइ सिमि उत्पादन गर्न लगाउने, बजारीकरण गरिदिने र बचत गर्न लगाउने कार्यक्रमलाइ तिब्र पारीएको छ।  स्थानीय तहसंग मिलेर बजार व्यवस्थापन समिति गठन भएका छन्।

तिला ८ का वडाध्यक्ष सन्तबीर रावत सिमि खेति आर्थिक समृद्धिको आधार भएको बताउँछन्। पछिल्लो समयमा सिमि खेतिले यहाँको जीवन शैलीमा सकरात्मक परिवतन ल्याएको उनको भनाइ छ। समूहमा गरिएको सिमि खेति निकै प्रभावकारी भएको बताउँदै उनले अब सिमि प्रशोधन, ग्रेडिङ र प्याकेजिङका क्रियाकलापमा जोड दिनु पर्ने बताए। उनका अनुसार सिमि यहाँको प्रमुख आम्दानीको स्रोत पनि हो।

प्रकाशित: १५ पुस २०७६ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App