सहुलियतपूर्ण कर्जा पाउने
सरकारले आर्थिक अवस्था कमजोर भएका भूकम्पपीडितलाई घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।
सरकारले आर्थिक अवस्था कमजोर भएका भूकम्पपीडितलाई घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।
रोल्पा सदरमुकाम लिवाङमा भर्खरै बनाइएको ‘शान्ति स्मारक’मा बुधबार संविधान दिवसको अवसर पारेर आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा आएका एक युवाले द्धन्द्धका क्रममा मारिएका आफ्नो बुबाको नाम आउने गरी फोटो खिचाउँदै थिए।
नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्प पीडितको कथा सुनेर भावुक बनेका छन्। २०७२ सालको भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन्। ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमुलक भेट भयो’, उनले भने।
दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ। गैंडाकोट नगरपालिका ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचारका लागि समाजले रकम संकलन गरी आर्थिक सहयोग गरेको हो।
बिगतको १० वर्षे सशस्त्र द्धन्द्धका बेला राज्य र विद्रोही माओवादीका कारण पति गुमाएका एकल महिलाहरू तीजको सन्दर्भ पारेर एकै थलोमा भेला भए। तीजको गीतबाट शुभकामना आदान प्रदान गर्नुका साथै पीडा एउटै भएकाले सुख, दुःख साटासाट गरे।
भूकम्पले क्षति गरेको घर निर्माणका लागि पहिलो किस्ता बुझेका रसुवाका आठ सयभन्दा बढी लाभग्राहीले घर निर्माण सुरु नै गरेका छैनन्।
रौतहटकाे गढीमाई नगरपालिका ३ गम्हरियाकी १२ वर्षीया बालिकालाई १९ गते स्थानीय ५० वर्षीय सहमद अन्सारीले ललाइफकाइ बलात्कार गरेको प्रहरीले जनाएकाे छ। अन्सारीले बालिकालाई बलात्कार गरेको घटनालाई स्थानीयले गाउँमै मिलाउन बलात्कारीलाई १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको र पीडितलाई गाउँमै बन्धक बनाएर गाउँबाहिर जान नदिएको घटनाले सनसनी मच्चाएको छ।
राप्तीको बाढीबाट २०७४ साउन अन्तिम साता जिल्लाको राप्तीसोनारी–३ बैजापुरमा एकैघरका तीन बालिकाले अकालमा ज्यान गुमाए, भने हजारौं घरपरिवार विस्थापित भए। दुषित पानी पिउँदा विभिन्न रोगको संक्रमण नै फैलियो।
चार वर्षदेखि सुर्खेतका विभिन्न अस्थायी शिविरमा बस्दै आएका बाढीपहिरो पीडितहरुलाई कर्णाली प्रदेश सरकारले घर फिर्ती वा एकीकृत नमूना बस्ती मध्ये एक रोज्न आग्रह गरेको छ।
भूकम्प गएको ३९ महिना बितिसकेको छ । भूकम्पका कारण असुरक्षित मानिएका क्षेत्रमा रहेका भूकम्पपीडित परिवारको अझै स्थानान्तरण हुन सकेको छैन।
पाँचथरको यङ्वरक गाउँपालिका–१, च्याङथापुका खडानन्द अधिकारीलाई २०५९ असोज १३ गते बाटोमा हिँड्दाहिँड्दै गोली लाग्यो।
सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले काम गर्न नसकेको आरोप द्वन्द्वपीडितले लगाइरहेका बेला सरकार पक्षबाट पनि यी दुई आयोगका कामप्रति प्रश्नचिह्न उठाइएको छ।
बेपत्ता व्यक्ति छानबिन आयोगसँग बयान दिनेक्रममा द्वन्द्वको घाउ कोट्याउँदै पीडित परिवार तथा आफन्तजन भक्कानिएका छन्।
वेपत्ता व्यक्तिको छानविन आयोगसँग बयान दिने क्रममा द्वन्द्वको घाउ कोट्याउँदा पीडित परिवार तथा आफन्तजन भक्कानिएका छन्। आयोगले दुई दिनदेखि सदरमुकाम चौतारामा उजुरीकर्ता बेपत्ता व्यक्तिका परिवारका सदस्य तथा आफन्तसँग बयान लिइरहेको छ।
राष्ट्रियसभाले अपराधबाट पीडितमा परेका व्यक्तिलाई संरक्षण र क्षतिपूर्ति गर्ने विधेयकलाई संसदबाट अघि बढाएको छ।