अपराध पीडित संरक्षण विधेयक संसदमा
सरकारले पहिलो पटक अपराध पीडितको अधिकार संरक्षण गर्ने उद्देश्यले कानुन बनाउन लागेको छ। अपराधीले अपराधको सजाय र दण्ड पाउने तर त्यस्तो अपराध कर्मबाट पीडित हुने व्यक्तिलाई कुनै संरक्षण नहुने अवस्थाको अन्त्य गर्न यो विधेयक तयार गरिएको हो।