४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश २ प्रमुख: झाका ठाउँमा मिश्रको सिफारिस

नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र महोत्तरीको पिपरा गाउँका हुन्। नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा उनी २०४८ सालमा महोत्तरीबाट सांसद निर्वाचित भएका थिए।

काम चलाउ सरकारले प्रदेश प्रमुख बर्खास्त र नियुक्तिजस्ता काम गर्नै मिल्दैन : कांग्रेस

नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा भएको प्रदेश प्रमुख बर्खास्ती र नियुक्तिको विरोध गरेको छ। सरकारले तिलक परियारलाई पदमुक्त गरेर रौतहटका राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकोप्रति कांग्रेसले विरोध जनाएको हो।

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राैतहटका राजेश झा नियुक्त

प्रदेश नम्बर २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन्। शुक्रबार प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम राैतहटका राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्