२१ माघ २०८२ बुधबार
image/svg+xml
बजार

निरन्तरको गिरावटपछि बढ्यो सुनको मूल्य

स्थानीय बजारमा निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्यमा आज सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ३७ सय रुपैयाँ बढेर दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार सुन दुई लाख ८६ हजार ६०० रुपैयाँमा कायम भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १३५ रुपैयाँले बढेर पाँच हजार ३३५ रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी ५२ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २० माघ २०८२ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App