२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

गायक मदन ढकालको ‘मुग्लिङ’ सार्वजनिक

गायक मदन ढकालले नयाँ गीत सार्वजनिक गरेका छन्। गायक मदनसँगै दिपिका बयम्बु मगरको स्वरमा मुग्लिङ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा गायक मदनकै शब्द छ भने कम्पोज घनश्याम खत्रीको छ। एरेन्ज आशिष अविरलले गरेका हुन्।

गीतको भिडियोमा चर्चित चार कलाकारको दमदार नृत्य देख्न सकिन्छ। मोडल सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता), जुनु एसडीको अभिनय छ भने गायक मदन स्वमले पनि अभिनय गरेका छन्।

सागर, हरिश र जुनुको दमदार नृत्यले भिडियो आकर्षक बनाएको छ। जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियो दिनेश पराजुलीले खिचेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका हुन्।

गीतबारे गायक मदन भन्छन्, ‘यस पटकको गीत डान्सिङ हो, सबैको मनमा बस्नेछ भन्नेमा ढुक्क छौं, सबैको मिहिनत उत्तिकै छ र भिडियोमा कुनै कमी हुन दिएका छैनौं, सायद दर्शक, स्रोताले अडियो र भिडियोमा कुनै कमी पाउनु हुन्न होला।’ 

गीतको भिडियो बले इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित: २१ माघ २०८२ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App