२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्य

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर

हाल नेपालमा पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभावले पहाडी तथा हिमाली भेगमा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र उपत्यकाका केही ठाउँमा तुवाँलो लाग्नेछ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बादल लाग्नेछ।

कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले बताएको छ।

आज राति देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनेछ। वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २७ फाल्गुन २०८२ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App