२० वैशाख २०८१ बिहीबार
image/svg+xml

वृद्धाश्रमलाई खाद्य सामग्री र नगद वितरण

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एसवाई प्यानल नेपाल र एसवाई बजारले काठमाडौंको गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ।

छाला-जुत्ता व्यवसाय संकटमा

कैलालीको टीकापुरमा रहेका छालाजुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन्।

वृद्धालाई फकाउँदै, गरगहना र पैसा चोर्दै

वृद्धा महिलालाई अनेक तरिकाले फकाएर घरका गरगहना र नगद चोरी गर्ने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने टीका श्रेष्ठ (३४) लाई प्रहरीले चोरीका सामान सहित पक्राउ गरेको हो।

सहयोगका भरमा चलेका वृद्धाश्रम

जिल्लामा सञ्चालित आश्रम व्यक्तिगत सहयोगका भरमा चलेका छन्। तनहुँको व्यास नगरपालिका ५ चापाघाटमा महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रम र व्यास ५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रम सञ्चालित छन्।

बैतडीमा १ सय १३ वर्षीया मानमतीले गरिन् मतदान

बैतडीमा एक सय १३ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट सोही ठाउँकी मानमती भट्टले मतदान गरेकी हुन्।

७७ वर्षीया महिलामाथि बलात्कारकाे घटनामा जनप्रतिनिधिले नै मिलापत्र गरेको खुलासा

कैलालीको घोडाघोडी नगरपालिका ४ मा ७७ वर्षीया वृद्धालाई बलात्कार गरिएको घटना आर्थिक लेनदेनमा मिलापत्र गराएको खुलासा भएको छ। जनप्रतिनिधिसहित गाउँका टाठाबाठाहरु बसेर पीडितलाई ३ लाख रुपैयाँ दिने सहमतिमा वृद्धा महिलालाई बलात्कार गरेको घटना गुपचुप राखिएको थियो।

वृद्धाश्रमलाई ज्योति बैंकको सहयोग

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरी नगरपालिका–६, मातातीर्थस्थित वृद्धाश्रममा आश्रित वृद्धालाई न्यानो कपडा बाँडेको छ ।

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो।अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।

भत्ता वृद्धि भएसँगै वृद्धवृद्धामा छायो खुसी

विसं २०५१ मा तत्कालीन नेकपा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा १ सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल नेकपा एमालेकै सरकार केपी ओली शर्माको पालामा आगामी आर्थिक वर्षबाट चार हजार पुगेको छ।

सय वर्षीया वृद्धाले ४ दिनमै जितिन् कोरोना

भारतको मध्य प्रदेशमा एक सय वर्षीया नारायणी देवीले ४ दिनमै कोरोना जितेकी छिन्। यी महिलाले आफूले कोरोना जित्न्नुको कारण भने आफ्नो जीवनशैली रहेको बताएकी छिन्।

दुर्घटनामा एक वृद्धाको मृत्यु

बिहानको घुमघाममा निस्किएकी ७५ वर्षीया मैयादेवी प्रधानलाई प्र–१–०२–००१ ख ८५३० नम्बरको टिप्परले ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ।

असहाय वृद्धवृद्धाको घर निर्माण पछि बाँकी रहेको रकम ब्रेन ह्यामरेज बिरामीलाई

खोटाङमा चन्दा उठाएर पहिरो पीडित दम्पत्तीको घर निर्माण गरेपछि बाँकी रहेको रकम ब्रेन ह्यामरेज भएका बिरामीलाई प्रदान गरिएको छ । चन्दा उठाएर साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका मानबहादुर खत्रीको घर पुनर्निर्माण गरेपछि बाँकी रहेको ४५ हजार रकम सोही ठाउँका ब्रेन ह्यामरेजका बिरामी जितेन्द्रप्रसाद खत्रीलाई प्रदान गरिएको हो ।

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

७८ वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्