४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सय वर्षीया वृद्धाले ४ दिनमै जितिन् कोरोना

भारतको मध्य प्रदेशमा एक सय वर्षीया नारायणी देवीले ४ दिनमै कोरोना जितेकी छिन्। यी महिलाले आफूले कोरोना जित्न्नुको कारण भने आफ्नो जीवनशैली रहेको बताएकी छिन्।  

उनी घरको खाना मात्र खान्छिन्। मुटु रोग पनि भएकी यी महिलाले कोरोना विरुद्धको खोप पनि लगाएकी छैनन्। उनको कोरोना पोजेटिभ आएपछि मध्य प्रदेशको जयारोग्य अस्पतालमा भर्ना गरिएको थियो।

उनकी छोरी पनि डाक्टर हुन्। कोरोना भएको केही दिनमै उनी निको भएकी छिन्। सय वर्षकी उनी मुटु रोगी रहेको साथै कोरोना पनि भएको कारण उनका परिवार चिन्तित रहेका थिए। तर उनले काेराेनालाइ जित्न सफल भएकी छिन्।

प्रकाशित: २० वैशाख २०७८ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App