९ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतीय कम्पनी युमेडिकाको औषधि आयातमा रोक

औषधि व्यवस्था विभागले भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपाल आयातमा प्रतिबन्ध लगाएको छ। अघिल्लो साता विभागले कम्पनीको आयात अनुमतिपत्र नै खारेज गरी औषधि आयातमा प्रतिबन्ध लगाएको विभागले जनाएको छ।

रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीन

कतिपय देशहरुमा कोरोनाभाइरसको महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्युन हुँदै गएकोले विभिन्न देशहरुका नागरिकलाई आवत जावत गर्न दिने तयारी भएको हो।

नेपालसहित २६ देशबाट पाकिस्तान भ्रमण गर्न प्रतिबन्ध

पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ। कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो।

प्रतिबन्धित औषधि र भारतीय रुपैयाँसहित ३ जना पक्राउ

मोरङको उर्लाबारी र विराटनगर क्षेत्रबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित औषधिसहित उर्लाबारीबाट २ जना र प्रतिबन्धित भारतीय रुपैयाँसहित १ जना भारतीय नागरिकलाई मंगलबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ।

भारतमा चुनावी सभामा प्रतिबन्ध

कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न रोक लगाएको समाचार छ।

रेमडेसिभिर निर्यातमा भारतको प्रतिबन्ध

कोरोना महामारीको दोस्रो लहर तीव्र भएपछि यो रोगको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि रेमडेसिभिर निर्यातमा भारतले प्रतिबन्ध लगाएको छ। भारतको केन्द्र सरकारले आइतबार यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध

दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिएका हुन्। उनले मंगलबार राति गरेको सम्बोधनका क्रममा सो जानकारी गराएका हुन्।

पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध

पाकिस्तानमा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ। जसका कारण यसको सम्भावित तेस्रो वेभबाट बच्नका लागि यो प्रतिबन्ध लगाइएको यहाँको सरकारले जनाएको छ।

हिरासतमा मानवअधिकार हनन: युरोप र अमेरिकाले चीनमा लगायो प्रतिबन्ध

पश्चिमी यूरोपियन देशहरूले मुस्लिमहरूमाथिको मानवअधिकार शोषण गरेको भन्दै चिनियाँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेका छन्। चीनले वीगर मुस्लिमलाई देशको उत्तर पश्चिमी क्षेत्र शिनजियांगको हिरासतमा राखेको छ।

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

श्रीलंकाले सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाएको छ। राष्ट्रिय सुरक्षाको नाममा श्रीलंकाले यस्तो महत्वपूर्ण निर्णय गरेको हो। अनुहार ढाक्ने अन्य विधिहरूलाई समेत प्रतिबन्ध गरिएको छ।

सरकार र विप्लवबीच तीनबुँदे सहमति

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपामाथि लगाएको राजनीतिक प्रतिबन्ध फुकुवा गरेको छ। वार्तामा विप्लवसँग गरिएको सहमतिअनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गरेको हो। बैठकले विप्लव नेकपासँग गरिएको तीनबुँदे सहमति पनि अनुमोदन गरेको छ। सरकारको यो निर्णयसँग शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।

सरकारद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फूकुवा

सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। सरकारले विप्लव समूहसँग ३ बुँदे सहमति अनुमोदन गर्दै विप्लवमाथिको प्रतिबन्ध फुकुवा गरेको हो।

बीबीसी प्रसारणमा चीनद्वारा प्रतिबन्ध

चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई प्रतिबन्ध लगाएको छ। चीनले आफ्नो देशमा बीबीसी विश्व सेवा टेलिभिजनलाई चीन भित्र प्रसारण गर्न प्रतिबन्ध लगाएको हो। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बीबीसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको दाबी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्