५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

श्रीलंकाले सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाएको छ। राष्ट्रिय सुरक्षाको नाममा श्रीलंकाले यस्तो महत्वपूर्ण निर्णय गरेको हो। अनुहार ढाक्ने अन्य विधिहरूलाई समेत प्रतिबन्ध गरिएको छ।  

बीबीसीका अनुसार देशका सार्वजनिक सुरक्षा मन्त्री शरत वीरशेखरले यस सम्बन्धमा मन्त्रिपरिषद्को आदेशमा हस्ताक्षर गरेका छन्, जसलाई अब संसदको अनुमोदन चाहिन्छ। अधिकारीहरूले यो प्रतिबन्ध छिट्टै कार्यान्वयन हुने आशा लिएका छन्।

२०१९ मा ईस्टर संडेको दिन चर्च र होटेलहरूमा योजनाबद्ध रुपले चरमपन्थी हमला भएको थियो। सो हमला भएको दुई वर्षपछि श्रीलंकाले यस्तो निर्णय लिइएको छ।

प्रकाशित: १ चैत्र २०७७ ०१:४३ आइतबार

श्रीलंका बुर्का प्रतिबन्ध