१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

प्रतिबन्धित औषधिसहित मोरङको उर्लाबारीबाट एक जना पक्राउ परेका छन्।  

भोजपुरको हतुवागढी गाउँपालिका–८ घर भई मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा परिवारसहित बस्दै आएका २९ वर्षीय कोपवन राई प्रतिबन्धित औषधिसहित सोमबार राति पक्राउ परेको प्रहरीले जनाएको छ।  

उर्लाबारी नगरपालिका–५ स्कुल डाँडाबाट सोमबार राति सवा ९ बजेतिर प्रतिबन्धित औषधिसहित राई पक्राउ परेको प्रहरीले जनाएको छ। राईको साथबाट ट्रामाडोल १ हजार ३ सय र स्पास्पाइन १ हजार ३ सय गरी २ हजार ६ सय चक्की फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।  

पक्राउ परेका राईलाई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ५ श्रावण २०७८ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App