२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी

काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट अगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका छन्।

कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल

डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।

मनसुनी वायुको प्रभाव: वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

‘शान्तिपूर्ण प्रदर्शन कुण्ठित नगर’

नेपालको संविधानको धारा १७, मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १९ तथा नेपाल पक्षराष्ट्र भएको नागरिक तथाराजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ को धारा १९ ले प्रत्येक व्यक्तिलाई विचारर अभिव्यक्तिको स्वतन्त्रता प्रत्याभूत गरेको आयोगले सम्झाएको छ।

वीपीका पूर्वउपकूलपति डा.दासबाट एक करोड धरौटी माग

सोमबार बिशेष अदालतका न्यायधिशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले दाससँग १ करोड धरौटी माग गर्ने आदेश दिएको थियो।

अझै दुई दिन मनसुन सक्रिय

जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ।

सहमति कार्यान्वयन ढिलाइ हुँदा बिपीमा तनाव बढ्दै

आन्दोलनरत पक्षले पछिल्लो समय सरकारलाई एक साताको अल्टिमेटम दिएको थियो भने समय पूरा भएपछि आन्दोलनकारीले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालबाहेक सबै काम छोडेका छन्। जसकारण सर्वसाधारणले ओपिडीमा उपचार सेवा लिन पाएका छैनन् भने राजनीतिक दल र आन्दोलनरत पक्षबीच तिक्तता पनि बढाएको छ।

बिपीको गतिरोध अन्त्य गर्न सहमति

प्रतिष्ठानमा शुद्धीकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको सहमति कार्यान्वयन नभएको आरोप लगाई आइतबार सेवा ठप्प पारेको थियो।

वीपीमा इर्मजेन्सी र कोभिडबाहेकको सेवा ठप्प, बिरामी भए निराश

प्रतिष्ठानमा शुद्धिकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आजदेखि सेवा बहिष्कार गरेको हो।

सम्बन्धनमा चलखेल भएको भन्दै कलेज सञ्चालक विरोधमा

भक्तपुरको न्यात्पोल कलेज, आविस्कार नेसनल कलेज, नेपाल कलेज, नेपालगञ्ज एकेडमी अफ म्यानेजमेन्ट एन्ड आइटी, वेदान्त कलेज, भादगाउँ कलेज, भक्तपुर कलेज अफ टेक्नोलोजी, एकता कलेज, श्रीराम कलेजलगायत विरोधमा उत्रेका छन्।

कुलपतिसमक्ष निवेदन दिएको भोलिपल्ट रजिष्ट्रारले दिए राजीनामा

प्रतिष्ठानका ६ जना सिनेटरहरुले ऐनमा भएको व्यवस्था बमोजिम चारैजना पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै कुलपति एवं प्रधानमन्त्रीसमक्ष निवेदन दिएको भोलिपल्ट शुक्रबार रजिष्ट्रार रेग्मीले राजीनामा दिएका हुन्।

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ।

वीपी प्रतिष्ठानमा पदाधिकारीबाटै राजिनामा दिन दबाब

दुई महिनादेखि बन्धक रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकास दिन चारै जना पदाधिकारीहरुले राजिनामा दिनुपर्ने दबाब बढ्दै गएको छ।

महालक्ष्मीको बाल बचत बिमा योजना

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले महालक्ष्मी बाल बचत बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले उक्त योजनाको बिक्री वितरण सुरु गरेका हुन्।

वीपीको सिनेट बैठक बोलाउन प्रतिष्ठानमा पत्राचार

आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पी.रिमाल भने मन्त्रालयले उपकुलपतिलाई सिनेट बैठक बोलाउन पत्राचार गर्नु नै आफूहरुसँगको सहमति विपरीत र कानुनी प्रक्रिया विपरीत भएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्