राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभा सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन, २०७९÷८० सभामा पेस गर्नेछन्।
राष्ट्रिय सभा सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन, २०७९÷८० सभामा पेस गर्नेछन्।
मौजुदा ऐनमा कसैले भ्रष्टाचार गरेमा उजुरी तथा कारबाहीका लागि हदम्याद तोकिएको थिएन। सरकारी सम्पत्ति हिनामिना गर्नेहरू जहिले पनि कानुनी दायरामा आउन सक्थे। यही हदम्याद नलाग्ने प्रावधानकै कारण धेरै नेता तथा कर्मचारीहरू दण्डित भएका पनि हुन्।
संविधान जारी भएपछि पनि अवस्था सहज बन्न सकेन तर पनि दलबीच एकता र समझदारीको सूत्र भने कसिलो बन्दै गयो जसले गर्दा जनताका निराशामा आशाका किरण देखिँदै गए।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनु हुने कार्यसूचि रहेको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो चार बजेका लागि बोलाइएको छ।
प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते आलोपालोमा सरकार गठन गर्ने सहमति भएको छ। दुई दलीय सहमतिसँगै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा १८ महिनाअघि २०७९ पुस १० गते बनेको सरकार विस्थापित हुने निश्चितप्रायः छ।
राष्ट्रिय सभाका सांसदहरूले बाढी, पहिरो र डुबान पीडितका लागि तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। बैठक मध्यान्ह १२ः१५ बजेका लागि बोलाइएको छ।
अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टी– २० विश्वकपमा सहभागी हुन दुई दुई पटक आवेदन दिँदा पनि सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आईरहेका छन ।
उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्रहरूको प्राथमिकिकरण गरेर आएको बताएका छन्
विकास,आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले विपद् व्यवस्थापनमा राज्य संवेदनशील हुन नसकेको बताएकी छिन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै अङ्गले एक अर्कालाई छल्न खोज्दा समस्या निम्तिरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ–१ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठक चार बजेका लागि सरेको छ। दिउँसो ११ बजेपछि बस्ने भनिएको बैठक १२ बजेसम्म पनि सुरु भएको थिएन।