१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राज्याभिषेक गरेकै चौतारोमा द्रव्य शाहको सालिक

गोरखा नगरपालिका ५ को पस्लाङ चौतारोमा शाहवंशीय राजाका संस्थापक द्रव्य शाहको सालिक स्थापना गरिएको छ। गोरखाको इतिहास जोगाउन र स्मरण गर्न उद्योग वाणिज्य संघले द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक चौतारोमा सालिक ठड्याएको हो। चार सय ५८ वर्षपछि ठड्याइएको सालिकको शनिबार योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले अनावरण गरेका हुन्।

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’माथि चार राज्यले लगाएको प्रतिबन्ध भारतीय सर्वाेच्च अदालतले खारेज गरेको छ। विहीबार प्रधानन्यायाधीश दिपक मिश्रासहित ३ न्यायाधीशको इजलासले फिल्मको प्रदर्शनमा रोक लगाउनु अभिव्यक्ति स्वतन्त्रताको हनन हुने भन्दै देशभर प्रदर्शन गर्न पाउने आदेश गरेको हो।

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

राजपूत समुदायको विरोधपछि फिल्मको नाम परिवर्तन (पद्मावत) र दृश्य परिमार्जनसहित सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको ‘पद्मावती’लाई राजसंस्थान, हरियाणा, गुजरात र मध्य प्रदेशले रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

महानगरमा मति भ्रष्टहरूको साम्राज्य

ट्याक्सी मिटरमा नचलाउने फर्मान जारी गर्ने ट्याक्सी व्यवसायीलाई उसको यो व्यवसाय गर्ने लाइसेन्स खारेज गरिदिन राज्यले किन नसक्ने ? उसले जुन कानुन मानेर व्यवसाय गर्छु भनेको हो त्यसको उल्लंघन गर्नेलाई त्यो व्यवसाय गरिरहन दिनुपर्छ भन्ने छ ?

राज्यले मेरो योगदानको अवमूल्यन गर्न खोज्यो

‘सरकारले मेरो पीडालाई निकै सामान्य ढंगले लिएको महसुस गरेँ । पार्टीमा खासै योगदान नहुँदा पनि सामान्य उपचारका लागि राज्यकोषबाट लाखौं करोडौँ रुपैयाँ वितरण गरिए पनि मलाई भने खुट्टा गुमाएर जीवनभर अशक्त हुँदा पनि सामान्य खर्च दिएर टार्न खोजेको छ ।’

भारतको दक्षिण राज्यमा आगलागी, पाँचको मृत्यु

भारतको दक्षिण राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच जना व्यक्तिको ज्यान गएको छ ।

पहुँचवालाको मात्रै राज्य भयोः केदारभक्त माथेमा

पूर्व राजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले नेपाल पहुँचवालाको मात्रै राज्य भएको बताएका छन् ।  नागरिक मञ्चमा सोमवार बिहान बोल्दै माथेमाले जनता भनेका केही हैनन् भन्ने भावना बढ्न थालेकोमा चिन्ता व्यक्त गरे ।

बेपत्तासम्बन्धी उजुरीमाथि प्रारम्भिक छानबिन, ८० प्रतिशतमा राज्य दोषी

द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकका परिवारबाट परेका उजुरीमाथिको प्रारम्भिक छानबिनमा राज्य बढी दोषी पाइएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरिरहेको प्रारम्भिक अध्ययनले कुल उजुरीमध्ये ८० प्रतिशतमा राज्य दोषी देखाएको छ । ‘प्रारम्भिक अध्ययनका क्रममा सरदरमा ८० प्रतिशत मुद्दामा तत्कालीन राज्य पक्ष दोषी पाइएको छ,’ आयोगका एक अधिकारीले नागरिकसँग भने, ‘२० प्रतिशतमा तत्कालीन विद्रोही पक्ष दोषी पाइएको छ ।’

एउटै क्षेत्रबाट तीन पूर्वराज्यमन्त्री प्रतिस्पर्धामा

नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्।

सिंचाई राज्यमन्त्री चढेकाे गाडीमा बम विष्फोट

सिंचाई राज्यमन्त्री तथा कांगेसका प्रतिनिधि सभा उमेदवार अमर सिंह पुनको गाडीमा बम बिष्फोट गराईएको छ । सदरमुकाम हुदै जौलिपोखरीको सभामा भाग लिन हिडेका पुनको गाडीमा घोडागाउँमा बम बिष्फोट गराईएको थियो ।

विरासत जोगाउन कस्सिए दुई राज्यमन्त्री

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बैतडीमा चुनावी सरगर्मीले उच्च गति लिएको छ।  पहिलोचरणअन्तर्गत बैतडीमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ। एउटा निर्वाचन क्षेत्र भएको बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वर्तमान र पूर्व राज्यमन्त्री बीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ।

संघीय फोरमको घोषणापत्र : जातीय राज्य बनाउने प्रतिबद्धता

संघीय समाजवादी फोरम नेपालले अहिलेको सात प्रदेशको संघीय संरचना खारेज गरी पहिचानको आधारमा ११ जातीय प्रदेश बनाउने प्रतिबद्धता गरेको छ । फोरमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा ११ जातीय राज्यको नामकरण पनि गरिएको छ ।

बैतडीमा दुई राज्यमन्त्रीबीच टक्कर

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्वसांसदबीच टक्कर हुने भएको छ। दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ बाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका नरबहादुर चन्द विजयी भएका थिए। भण्डारी केपी ओली सरकारका बेलामा अर्थराज्यमन्त्री बनेका थिए भने चन्द अहिले वाणिज्यराज्यमन्त्री छन्।

क्यान्सरबाट अकालमा मर्न नपरोस् : राज्यमन्त्री लामा

उद्योग राज्यमन्त्री रेशम वहादुर लामाले कर्णालीमा क्यान्सर रोग लागेकाे कारण अकालमा मर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताएका छन्। उनले क्यान्सर विरुद्धको अभियानलाई निरन्तरता दिएर सचेतनाका क्रियाकलापमा जोड दिनुपर्ने जानकारी गराए ।

चुनाव जिते राज्यको सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्