९ मंसिर २०८१ आइतबार
image/svg+xml

एमाले माओवादी ६०/४० का आधारमा चुनावमा जाने, घोषणा आजै

चुनावी तालमेल र पार्टी एकताबारे नेकपा एमाले र माओवादी केन्द्रले आजनै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने भएका छन्। पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति पत्रमा हस्ताक्षर गर्ने छन्।

पार्टी नै प्रवेश गरेका होइनौं, सूर्य चिन्ह लिएर चुनाव लड्ने भनेका हौं : त्रिपाठी

राष्ट्रिय जनता पार्टी परित्याग गरेका नेता हृदयश त्रिपाठीले आफूहरु एमालेमै प्रवेश गरिनसकेको स्पष्ट पारेका छन्। उनले हाललाई एमाले पार्टीको चिन्ह लिएर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव लड्ने सहमति मात्र गरेको बताए।

हृदयश त्रिपाठीसहित राजपाका पाँच नेताद्वारा पार्टी परित्याग, सूर्य चिह्न लिएर चुनाव लड्ने

राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीसहित पाँच नेताले पार्टी परित्याग गरेका छन्। उनीहरुले स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेसँग समन्वय गरी सूर्य चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने भएका छन्।

प्रदेश चुनावमा एमालेले अन्य दलसँग तालमेल गर्दै

नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो ।

चुनावमा वाम एकताको पक्षमा छाैं

कम्युनिष्ट पार्टीका दुई पूर्व प्रधानमन्त्री एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनावमा वाम एकताको पक्षमा रहेको बताएका छन् । मंगलबार बिहान भरतपुर विमानस्थलमा छुटाछुट्टै समयमा भएको पत्रकार सम्मेलनमा उनीहरूले यस्तो समान धारणा राखेका हुन् । ‘आउँदो चुनावमा वापमन्थी तालमेल हुनुपर्छ । हामी तयार छौं,’ प्रेस चौतारी नेपाल चितवन शाखाले विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले भने । माओवादी तालमेलका लागि तयार हो भने वामपन्थीलाई प्रथामिकतामा राखेर तालमेलमा आउनुपर्ने उनले बताए । केन्द्रीय तहबाटै तालमेल गर्न औपचारिक पहल सुरु भएको उनले बताए ।

दाहाल र नेपालले भने: आउँदो चुनावमा बाम एकताको पक्षमा छौं

कम्युनिष्ट पार्टीका दुई पूर्व प्रधानमन्त्रीहरु एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनावमा वाम एकताको पक्षमा आफुहरु रहेको बताएका छन्।

संसदीय चुनावमा अन्य पार्टीसँग तालमेल गर्ने राजपाको निर्णय

दुई नम्बर प्रदेशको स्थानीय चुनावलगत्तै तीन मधेस केन्द्रित दल आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिधि सभा चुनावको तयारीमा जुटेका छन् ।

दलका पुराना बर्चश्व भत्कायो चुनावले

महानगरपालिका वीरगन्ज, ३ नगरपालिका र १० गाउँपालिका सहित १४ स्थानीय तह भएको पर्सा जिल्लाको स्थानीय तह चुनावको नतिजाले प्रदेश नम्बर दुईको अबको राजनीतिक अनुहार कस्तो हुने भन्ने कुरा बिम्बित गरेको छ।

आगामी चुनाव रणनीतिबारे एमालेमा तीन धार

एमालेको चुनावी रणनीति बनाउन बसेको बैठक तीन धारमा विभाजित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलमा टोली नेताहरूले तीन प्रकारको धारणा व्यक्त गरेका हुन् ।

प्रदेश र संघीय चुनावका लागि माओवादी केन्द्रबाट उम्मेद्वार सिफारिस

प्रदेशसभा तथा संघीय चुनावका लागि नेपाल कम्युनिष्ट पार्टील (माओवादी केन्द्र) उदयपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ। भर्खरै सीमा तथा संख्या निर्धारण भएर ४ प्रदेशसभा र २ संघीय प्रतिनिधिसभा निर्वाचन क्षेत्रको टुंगो लागेको उदयपुरमा चुनाव लड्न प्रत्येक निर्वाचन क्षेत्रबाट ३/३ जनाका दरले पार्टीले नाम सिफारिस गरेको हो।

चुनावबारे केही कुरा

तेस्रो चरणमा प्रदेश नम्बर २ (पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी) मा जम्मा ६ हजार ६२७ पदका लागि शान्तिपूर्ण वातावरणमा तेस्रो चरणको मतदान सम्पन्न भयो । कुल मतदाता संंख्या २६ लाख ६४ हजार ५ सय ९० भएको यस क्षेत्रमा सरदरमा ७३ प्रतिशत मत खसेको थियो ।

महँगिँदो चुनावको घट्दो मूल्य

असोज २ मा भएको २ न. प्रदेशको स्थानीय तह चुनावले नागरिक स्वतन्त्रताको अहं सवाल सिर्जना गरिदिएको छ । जसको राजनीतिक निराकरण गरिएन भने उपलब्धिको अर्थ रहन्न । आर्थिकरूपले कमजोर नागरिक झन् पछाडि धकेलिँदै जान्छन् भने सम्पत्तिवालले मात्र शासनसत्तामा वर्चस्व स्थापित गर्न सक्छन् । विगतमा पँुजीपतिले गरिबलाई शोषण गरे ।

प्रमुख दल प्रदेश र संघको चुनाव तयारीमा

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै प्रमुख राजनीतिक दल प्रदेश र केन्द्रको निर्वाचन तयारीमा जुटेका छन् । प्रदेश र केन्द्रको निर्वाचन एकैपटक तर दुई चरणमा मंसिर १० र २१ गते तोकिएको छ।

चुनावको पूर्वसन्ध्यामा काग्रेस–एमाले झडप

धनुषाका अधिकांश स्थानीय तहमा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।  कांग्रेस नेता एंव पूर्व गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर नगराइनमा कांग्रेस कार्यकर्ताको आक्रमणले एमालेका चारजना घाइते भएका छन् । शनिबार मध्यराति कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको प्रहरीको भनाइ छ । झडपमा घाइते एमाले कार्यकर्ता इन्द्रकुमार पासवान, अरविन्द पासवान, प्रल्हाद पासवान र वीरेन्द्र राउत घाइते भएका हुन् । इन्द्रकुमारको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रल्हाद एमालेबाट महिला वडा सदस्य पदकी उम्मेदवारका छोरा हुन् ।

‘स्थानीय चुनावमा व्यवस्था फेर्ने कुरा नगरौँ’

रामसागर रामस्वरूप क्याम्पस, जनकपुरमा ३७ वर्षसम्म अर्थशास्त्र विषय प्राध्यापन गरेका प्रा. डा. सुरेन्द्र लाभ बौद्धिक हुन् । उनी राजनीतिक विश्लेषकका रूपमा समसामयिक राजनीतिबारे आफ्ना दृष्टिकोण तथा विचार प्रस्तुत गर्दै आइरहेका छन् । असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तह निर्वाचन तथा मधेसका विविध विषयबारे नागरिककर्मी सुरेश यादवले उनीसँग गरेको संवादः

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्