६ आश्विन २०८१ आइतबार
image/svg+xml

बुटवलको प्रदर्शनमा २० हजार कार्यकर्ता उतार्ने प्रचण्ड–नेपाल पक्षको दाबी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध आज (बिहीबार) बुटवलमा विरोध प्रदर्शन गर्दैछ।

‘ओली सरकारः किर्तेतन्त्र बन्द गर’ (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित गर्न खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ।

प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

इन्टरनेटसम्म आइपुग्दाको कला प्रदर्शनी

सन् १९६२ मा भएको चारवटा एकल कला प्रदर्शनीलाई विशेष रूपमा लिनुपर्ने हुन्छ । किनकि यहीँबाट एकल कला प्रदर्शनी गर्ने लहड चलेको देखिन्छ । सम्भवतः यहीँबाट हरेक कलाकारले एकल कला प्रदर्शनी गर्नैपर्छ भन्ने एक संस्कार पनि बसेको देखिन्छ । यी चार कलाकारमा लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्ग उपाध्याय र विजय थापा थिए ।

प्रचण्ड–नेपालको प्रदर्शनका कारण यात्रुहरुले पाउनुपरेको सास्ती (फोटो फिचर)

अर्कोतिर प्रदर्शनका कारण शुक्रबार काठमाडौंका हजारौं यात्रुहरुले सास्ती ब्यहोर्नुपरेको छ। विभिन्न स्थानबाट गन्तव्यका लागि छुटेका सवारी साधनलाई ट्राफिक प्रहरीले बिच बाटोमा नै रोकिदिएपछि यात्रुहरुले सास्ती ब्याहोर्नुपर्‍यो।

प्रदर्शनले यात्रुलाई सास्ती, भन्छन् : कुर्सीको लागि नेताहरुले जनतालाई दुःख दिन नछाड्ने भए

प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको र्‍यालीका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दा यात्रूहरुले सास्ती ब्यहोर्नुपरेको छ।

आज नेपाल–दाहाल समूहले राजधानीमा जनशक्ति प्रदर्शन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले शुक्रबार राजधानी काठमाडौंमा जनशक्ति प्रदर्शन गर्ने भएको छ। नेपाल–दाहाल समूहले प्रतिनिधिसभा विघटनको विरोध र पुनस्र्थापनाको पक्षमा गर्न लागिएको प्रदर्शन र सभामा एक लाखभन्दा बढी मानिस सहभागी हुने दाबी गरेको छ। प्रधानमन्त्री केपाी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली र नेपाल–दाहाल समूहमा विभाजित छ।

कांग्रेसले आज स्थानीय तहका सबै वडामा प्रदर्शन गर्ने

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले बिहीबार स्थानीय तहका सबै वडामा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको कांग्रेसले त्यसविरुद्ध चरणबद्ध विरोध प्रदर्शन गर्दै आएको छ । सोही क्रममा कांग्रेसले बिहीबार ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रचण्ड–नेपाल समूहले माघ ९ गते जनप्रदर्शन गर्ने

नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ।

जमघट र प्रदर्शनले दोस्रो लहरको संक्रमण जोखिम

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण जोखिम बढेको विज्ञ तथा चिकित्सकले औंल्याएका छन्। यसअघि नै युरोप तथा भारतका केही ठूला सहरमा दोस्रो लहरको संक्रमण देखा परिसकेको छ।

संसद् विघटनविरूद्ध कांग्रेसले भोलि ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै

प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसले भोलि देशव्यापी प्रदर्शन गर्दैछ। पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले भोलि देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो।

दोलखामा सिठ्ठी जुलुससहित काङ्ग्रेसको प्रदर्शन

संसद् विघटन विरूद्ध देशभरका प्रादेशिक निर्वाचन क्षेत्रहरुमा आन्दोलन घोषणा गरेको काङ्ग्रेसले दोलखामा सिठ्ठी जुलुस सहित प्रदर्शन गरेको छ।

कांग्रेसको देशव्यापी प्रदर्शनलाई कुन नेताले कहाँबाट सम्बोधन गर्दैछन् ?

नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्दैछ। यही पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्न लागेको हो। जसअनुसार कांग्रेसले शनिबार देशभरका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ।

कांग्रेसले आज ३३० ठाउँमा प्रदर्शन गर्दै

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधसँगै निर्वाचनको तयारीलाई पनि एकसाथ अघि बढाउने भएको छ। सरकारविरुद्ध मंसिर अन्तिमसाता ७७ वट्टै जिल्लामा प्रदर्शन गरेको कांग्रेसले पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विरोधका कार्यक्रम र निर्वाचन तयारीलाई एकैसाथ अघि बढाएको हो।

संसद् विघटनविरूद्ध भोलि कांग्रेसको देशव्यापी प्रदर्शन, कुन नेताले कहाँबाट सम्बोधन गर्दैछन् ?

नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध भोलि शनिबार देशैभर प्रदर्शन गर्दैछ। पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्