५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बुटवलको प्रदर्शनमा २० हजार कार्यकर्ता उतार्ने प्रचण्ड–नेपाल पक्षको दाबी

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध आज (बिहीबार) बुटवलमा विरोध प्रदर्शन गर्दैछ। पूर्व निर्धारित कार्यक्रमअनुसार नेकपाले बुटवलमा विरोध प्रदर्शन तथा सभा गर्न लागेको हो। सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  

सभा सुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निकालिनेछ। आयोजकले विरोध सभामा करिब २० हजार कार्यकर्ताको सहभागिता रहने दाबी गरेको छ।

नेकपा प्रचण्ड–नेपाल समूहले माघ १२ गते संसद् विघटविरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जसअनुसार उसले आज बुटलमा प्रदर्शन गर्न लागेको हो।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध प्रचण्ड–नेपाल समूहसहितका राजनीतिक दलहरुले विरोध गर्दै आएका छन्।  

प्रकाशित: १५ माघ २०७७ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App