६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू, 'कू' मतिमा नलाग्नुहोस्’

विवेकशील पार्टीले संसद् विघटनविरूद्ध ऐना प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा विवेकशीलले ऐना प्रदर्शन गरेको हो। सरकारले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै विवेकशीलले सांकेतिक रूपमा सरकारलाई ऐना देखाएको हो।

संसद विघटनविरूद्ध विवेकशील साझाले ऐना प्रदर्शन गर्ने

विवेकशील साझा पार्टीले संसद विघटनविरूद्ध ऐना प्रदर्शन गर्ने भएको छ।

अनेरास्ववियूको प्रदर्शन कार्यक्रमः ओलीको पुत्ला जलाउनेदेखि बयलगाडा प्रदर्शनसम्म

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

प्रचण्ड–नेपाल पक्षको प्रदर्शन सुरु (फोटो फिचर)

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको प्रदर्शन काठमाडौंमासुरु भएको छ।

संसद विघटनविरुद्ध आज नेकपाको प्रदर्शन, ५० हजार कार्यकर्ता उतार्ने तयारी

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव) समूहले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ।

संसद विघटनविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

नेपाली कांग्रेसको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेको छ। कांग्रेस केन्द्रीय समितिले संसद विघटनविरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।

प्रतिधिसभा विघटनविरूद्धको देशव्यापी प्रदर्शनमा ऐक्यबद्धता जनाउन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिधिसभा विघटनविरूद्धको देशव्यापी प्रदर्शनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्। आज एक विज्ञप्तिमार्फत सभापति देउवाले पुस १३ गतेका लागि तय गरिएको कांग्रेसको देशव्यापी प्रदर्शनलाई साथ दिन आग्रह गरेका हुन्।

राजसंस्थासहित हिन्दुराष्ट्र माग गर्दै राप्रपाको प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दुराष्ट्रको मागसहित आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ।

जसपाले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशका विभिन्न स्थानमा प्रदर्शन गर्दैछ। केपी शर्मा ओलीले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै त्यसको विरोधमा जसपाले देशैभरका जिल्ला सदरमुकामसहित विभिन्न स्थानमा प्रदर्शन गर्न लागेको हो।

प्रतिनिधिसभा विघटनविरूद्ध जसपाको प्रदर्शन

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरूद्ध आज देशका विभिन्न स्थानमा प्रदर्शन गरेको छ। पूर्वनिर्धारित कार्यक्रम अनुसार जसपाले सरकारको पछिल्लो कदमविरूद्ध खोटाङ, धनुषा, कैलाली लगायतका जिल्लामा प्रदर्शन गरेको हो।

संसद् विघटनविरुद्ध पुस १३ गते देशैभर प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरूद्ध देशैभर प्रदर्शन गर्ने भएको छ।

विराटनगरमा जसपाको प्रदर्शन

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको भन्दै जसपाले विरोध प्रदर्शन गरेको हो।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशब्यापी प्रदर्शन गर्ने

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशब्यापी प्रदर्शन गर्ने भएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।

संसद विघटनको विरोधमा जसपाद्वारा कलैयामा प्रदर्शन

संसद विघटन असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी जिल्ला कार्य समिति बाराले बुधबार कलैयामा विरोध प्रदर्शन गरेको छ। सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयबाट सुरु भएको जुलुस नगर परिक्रमापछि भरतचोकमा कोणसभामा परिणत भएको थियो।

संसद विघटनको विरोधमा नेकपाकै विद्यार्थीको प्रदर्शन (फोटो फिचर)

प्रतिनिधिसभा विघटनविरूद्ध नेकपा निकट अनेरास्ववियूले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले सरकारको संसद विघटन गर्ने कदमलाई ‘कू’ को संज्ञा दिँदै त्यसलाई खारेज गर्न माग गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्