साताभित्र भारतबाट खोप आउने
भारतले निःशुल्क दिन लागेको कोभिड–१९ विरुद्धको खोप एक साताभित्र आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। नेपालमा ‘कोभासिल्ड’ नामको खोपले अनुमति पाइसकेको र त्यही खोप भारतबाट आउन लागेको महाशाखाले जनाएको हो।