१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बेनी–जोमसोम–कोरला सडक आयोजनाः तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो।

मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै

मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाल लगायत संचना हटाउन सुरु गरेको छ।

आरसिपी बजारका घरटहरा भत्काउन सुरु

कालिकोटको रास्कोट नगरपालिकाले आरसिपी बजारमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घरटहरा भत्काउन सुरु गरेको छ।

जबरजस्ती घरटहरा भत्काएको भन्दै स्थानीय आक्रोशित

उचित क्षतिपूर्ति नदिई भक्तपुरको हनुमन्ते खोला करिडोर विस्तारको नाममा जबरजस्ती घरटहरा भत्काएको भन्दै स्थानीय आक्रोशित भएका छन्। बुधबार भक्तपुरको राधेराधेको अघिल्तिरको करिडोरमा प्रशासनले प्रहरी लगाएर टहरा भत्काएको भन्दै स्थानीय आक्रोशित भएका हुन्।

जंगल मास्दै बजार बसाउँदै

गोरखा प्रवेश गर्ने नाका मझुवादेखि सदरमुकामसम्म २४ किलोमिटर सडकको दायाँबायाँको वनजंगल क्षेत्रमा आफुखुसी घरटहरा बनाउने क्रम बढेको छ ।

हटाइए मापदण्ड मिचेर बनेका घरटहरा

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर निर्माण गरिएका थप ६ वटा टहरा हटाएको छ। गत सोमबार मध्यपहाडी मिचेर बनाइएका चारवटा टहरा हटाएको नगरपालिकाले बुधबार थप ६ स्थानीयको टहरा हटाएको हो।

मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन सुरु गरेकोे छ। मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेर गरेपछि सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन सुरु गरिएको हो।

भत्काइए ५० घरटहरा

मूर्तिया वन व्यवस्थापन क्षेत्रअन्तर्गत नयाँरोड–बरहथवा सडकखण्डभन्दा पश्चिमतर्फ धरहरामा आफ्नो जमिन अतिक्रमण गरेको भन्दै सागरनाथ वन विकास परियोजनाले सर्वसाधारणका ५० घरटहरा भत्काएको छ।

नगरपालिकाले अवैध घरटहरा भत्काउने

उदयपुरको त्रियुगा नगरपालिकाले अतिक्रमण गरी बनाइएका अवैध घरटहरा भत्काउने तयारी गरेको छ। नगरपालिकाका बिभिन्न वडाका सडक, ऐलानी र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका घरटहरा र संरचना आफैले भत्काउन सार्वजनिक सूचना जारी गर्दै अन्यथा बलजप्mती भत्काउने चेतावनी दिएको छ।

सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ।  रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो। भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताए।

मापदण्ड विपरीतका घरटहरा भत्काइँदै

मापदण्ड विपरीत सडक मिचेर सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रुपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्