२१ आश्विन २०८१ सोमबार
image/svg+xml

डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

डोटीको बोगटान गाउँपालिका–६ गगुडामा भएको यात्रु बोकेको जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। जसमध्ये चार जनाको अवस्था गम्भीर छ। दिपायलदेखी चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका-६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

पहिरोमा पुरिएर एकै परिवारका चार सहित ६ जनाको मृत्यु (अपडेट)

जिल्लाको निशीखोला—२ बाहुन गाउँका रेमबहादुर छन्त्यालको विदेशमा धन कमाएर आफ्नो परिवार सुखी राख्ने सपना अब कहिल्यै साकार नहुनेगरी टुटेको छ।

बडिमालिका हिँडेका एक तीर्थयात्रुको लडेर मृत्यु

बडिमालिका यात्रामा गएका एक जना तीर्थयात्रीको भीर बाट लडेर मृत्यु भएको छ। बडिमालिकाको दर्शन गर्न जाने क्रममा त्रिवेणी नगरपालिका–२ का ५५ बर्षका बर्षिय डम्मलाल जैशीको मृत्यु भएको हो।

स्वाइन फ्लुका कारण झापामा दुईको मृत्यु

स्वाइन फ्लुका कारण झापामा दुई महिलाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका ४ की ३७ वर्षीया अनितादेवी मित्तल र बिर्तामोड १ की ४७ वर्षीया मनिषा अग्रवालको स्वाइन फ्लुकै कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको हो।

भियतनाममा बाढीबाट नौ जनाको मृत्यु, २४ बेपत्ता

भियतनामका विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी नौ व्यक्तिको मृत्यु भएको छ ।

बागलुङमा पहिरोले पुरिएर तीन जनाको मृत्यु, चार जना बेपत्ता

जिल्लाको पश्चिममा बाढी पहिरोको कारण तीन जनाले ज्यान गएको छ। चार जना बेपत्ता भएका छन्। निरन्तर वर्षाका कारण बाढी पहिरो जाँदा ढोरपाटन नगरपालिका-५ मा एक जना र निशीखोला गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।

स्वेच्छिक मृत्युः अधिकार कि अपराध

आमाको मृत्यु हुनुभन्दा दुई महिना जति अघिदेखि उहाँलाई अत्यन्त पीडा भएको थियो। त्यतिखेर उहाँले सचेत अवस्थामा नै भन्नुभएको थियो- त्यस्तो कुनै इन्जेक्सन छ कि, जसबाट मलाई निद्रा परोस् र म निद्राको निद्रामै जान सकूँ। यो एक प्रकारको स्वेच्छिक मृत्युको चाहना थियो, जुन कुरा सामाजिक वा कानुनी रूपमा नेपालमा सम्भव छैन।

खोलाले बगाएर महिलाको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ र ७ को  पाटीचौरस्थित ठाडो खोलाले बगाएर बिहीबार एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु

करेन्ट लागेर रौतहटमा एक युवकको ज्यान गएको छ। तीन दिनदेखि घरमा कुलदेवताको पूजाको क्रममा बिहीबार बिहान साढे ६ बजे स्पिकरको तार जोडने क्रममा करेन्ट लागेर बौधीमाई गाउपालिका-१ अजगैवीटोलका २५ वर्षीय श्यामसुन्दर महतोको ज्यान गएको हो।

खोलाले बगाउँदा सोलुखुम्बुमा एक जनाको मृत्यु

सोलुखुम्बुको दुधकौसिका गाउँपालिका स्थित देउसाको खहरे खोलाले बगाउँदा एक व्यक्तिको ज्यान गएको छ । देउसाको दिप्ली स्थित नाम्चे खहरे खोलाले बगाउँदा दुधकौसीका गाउँपालीका ७ रोक्तीका ३३ वर्षीय अंकत बहादुर राईको मृत्यु भएको हो ।

सर्पको डसाइ समयमै उपचार नगर्दा धेरैको मृत्यु

विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो ।

घरमाथि ढुंगा खस्यो, तीन छोराछोरीको मृत्यु

सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिवन काब्रागाउँस्थित बुँदे सार्कीको घरमाथिबाट ठूलो ढुंगा खस्दा दुई छोरी र एक छोरा गरी तीनको मृत्यु भएको छ। आइतबार मध्यराति परेको मुसलधारे पानीपछि खसेको ढुंगाले थिचिएर बुँदेकी १३ वर्षीया छोरी ललिता, ९ वर्षीय छोरा लंक र ५ वर्षीया छोरी कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ढंगाले पुरिएका तीनवटै शव सोमबार नेपाली सेना र प्रहरीले निकालेका छन्।

ढुंगाले च्याप्दा तीनको मृत्यु

सान्नित्रिवेणी गाउँपालिकाको एक घरमा बाढीसँगै आएको ढुंगाले घर पुर्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्