२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ढुंगाले लागेर एकको मृत्यु

जयपृथ्वी नगरपालिका ७ मा भिरबाट ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ। बा ६४ प ६२१० नम्बरको पल्सल मोटरसाइकलमा मोदीबगरबाट सदरमुकाम चैनपुर तर्फ आउँदै गर्दा जयपृथ्वी नगरपालिका ७ को कचाली खोलाको भिरमा माथीबाट ढुंगा खस्दा बर्ष २६ का सुरेन्द्र खड्काको घटनास्थलमै मृत्यु भएको हो।

खानी खोलाले बगाउँदा एकको मृत्यु

ककनी गाउँपालिका-१ ओखरपौवास्थित खानीखोला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना रुखको हाँगा समातेर बाँच्न सफल भएका छन्।

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

बसको ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

धनगढीबाट काठमाडौँ आउँदै गरेको  यात्रुवाहक बसले काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालककाे मृत्यु भएकाे छ ।

बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्बरको बस शनिबार अपराह्न इटहरी हलगडा क्षेत्रमा पल्टिँदा सोही बसमा यात्रारत मोरङ उर्लावारी–४ का मनोज विकको मृत्यु भएको छ।

उत्तरपश्चिमी चीनमा बाढी, दशको मृत्यु

उत्तरपश्चिमी चीनको शाआनसी प्रान्तमा आएको बाढी पहिरोमा परी दश व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन्।

बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । शनिबार बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ ।

टर्कीमा डुङ्गा डुब्दा सातको मृत्यु

आप्रवासी शरणार्थी लिएर टर्कीको बाटो ग्रीसतर्फ हिँडेको डुङ्गा टर्कीको सामुद्रिक इलाकामा डुब्दा पाँच बालबालिका सहित सात जनाको मृत्यु भएको टर्कीको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ।

माइक्रोबसको ठक्करबाट वृद्धाको मृत्यु

पश्चिम चितवनको जगतपुरमा सहचालकले चलाएको माइक्रोबसको ठक्करबाट शुक्रबार एक वृद्धाको मृत्यु भएको छ ।

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

बसन्तपुर–म्याङलुङ सडक खण्डको च्याक्चेमा हिलाम्य भएको सडक  पार गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

खुर्पा प्रहारबाट श्रीमानको मृत्यु

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-२ ठाडेमा श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ।

लमजुङको रुदीखोलामा बस खस्दा २को मृत्यु, ६ गम्भीर

लमजुङ र कास्कीको सिमानामा पर्ने रुदीखोलामा बिहीबार दिउँसो बस खस्दा २ जनाको मृत्यु भएको छ ।

कान्दाहारको सैनिक पोष्टमा आक्रमण, २६ सैनिकको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिवान आतङ्ककारी समूहले मङ्गलबार रातभर गरेको आक्रमणमा कम्तीमा २६ सैनिकको मृत्यु भएको छ । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ ।

अवैध रुपमा ढुंगा झिक्न खोज्दा ट्याक्टर चालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । गाईघास्थित बरुवाखोलाबाट ढुंगा निकालेर गाईघाटतर्फ ल्याउन लाग्दा ट्याक्टरको ट्रली पल्टेर इन्जिनसँग च्यापिएर त्रियुगा नगरपालिका ११ गाईघाटका मनोज परियारको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मुम्बईमा भत्किएको भवनमा परी सत्र जनाकाे मृत्यु

भारतको एक ठूलो सहर मुम्बइको उत्तरतर्फ मङ्गलबार भत्किएको एक पाँच तले भवनमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्