६ वैशाख २०८१ बिहीबार

बजार अभावमा कुहिँदै जुम्ली स्याउ

कोहलपुरस्थित न्युरोडमा स्याउ बिक्री गर्ने जुम्लाका इन्द्रलाल धितालले दुई हप्ताअघि ६७ क्विन्टल स्याउ मगाए तर ती स्याउले बजार नपाउँदा एक क्विन्टल पनि बिक्री गर्न सकेका छैनन्।

जुम्ली स्याउको मूल्य १ सय ५१ रुपैयाँ

जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मुल्य १ सय ५१ रुपैयाँमै बेचिरहेका छन्। उनले भने,‘जुम्ली स्याउको स्वाद,कलर,गुणस्तर र स्याउमा पाइने भिटामिनका कारण यो स्याउको मुल्य बढि हुनु कुनै अनौठो होइन। यो मुल्य पनि निकै कम हो।’

जुम्ला भन्दैछ : यो समय स्याउको हो

अहिले बगैँचा राताम्य छन्। यहाँका स्थानीयको झोलामा स्याउ छ। खोलामा स्याउ छ। थोलामा स्याउ छ। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतही स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।

जुम्ली स्याउ नपाक्दै बजारमा

उक्त स्याउ सुर्खेत, नेपालगन्जका बजारसम्म पुगिसकेको छ। स्याउको पुर्णरुपमा कलर भरिएको छैन। गुलियो मात्रमा पनि कम छ। काँचो स्याउ लैजाँदा अमिलो हुने र जुम्ली स्याउको गुणस्तरतामाथि प्रश्न उब्जने खतरा बढेको कृषि प्राविधिकहरु बताउँछन्।

जुम्ली स्याउका विरुवा निर्यात सुरु

जुम्लाका किसानले उत्पादन गरेका स्याउका विरुवा जिल्लाबाहिर निर्यात हुन सुरु भएको छ। जिल्ला बाहिरका किसान जुम्ली स्याउको विरुवा लिन नर्सरीमै पुग्ने गरेका छन्। यो वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ विरुवा निर्यात भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्