पहिला अण्डा कि चल्ला? क्वानटम भन्छ दुवै ‘पहिला’
पहिला चल्ला आएको थियो कि अण्डा भन्नेमा प्राचीन ग्रीक विचारकबीच पनि बहस भएको थियो तर कुनै पनि तर्कले मैतक्यता पाएको थिएन
पहिला चल्ला आएको थियो कि अण्डा भन्नेमा प्राचीन ग्रीक विचारकबीच पनि बहस भएको थियो तर कुनै पनि तर्कले मैतक्यता पाएको थिएन
अगुवा किसान सरिता रौलेले जिल्लामा कुखुरा उत्पादन गर्ने ह्याचरी मेसिन सञ्चालनमा ल्याएकी छन्। स्थानीय स्तरमै उपलब्ध अण्डाबाटै कुखुराका चल्ला उत्पादन गर्न सरिताले जिल्लामै पहिलो पटक ह्याचरी मेसिन सञ्चालनमा ल्याएकी हुन्।
राजधानीको नयाँ बजारमा मरेका कुखुरा बेच्न हिडेका ३ जनालाई प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको छ।
वैदेशिक रोजगारीबाट फर्केर बैतडीका एक युवाले कुखुरापालन गरी मनग्ये आम्दानी गर्न थालेका छन्।
बाँकेको खजुरामा कुखुरापालन गर्दै आएका किसान गेहेन्द्रप्रसाद शर्मा अचेल निकै खुसी छन् । आठ वर्ष वैदेशिक रोजगारीमा बस्दासमेत खासै आम्दानी गर्न नसकेका शर्मा यतिखेर हर्षित हुनुको कारण हो– कुखुरापालनबाट सोचेभन्दा बडी आम्दानी गर्न सफल हुनु।
चितवनमा बर्डफ्लु देखापरेको छ। खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो।
राप्ती नगरपालिकास्थित खुरखुरेका गोकुल सेढाइँले ०६८ सालदेखि कुखुरापालन गर्दै आएका छन्। कुखुरा पालेर बिक्री गर्ने बेलामा कुखुराको तौल सोचेजस्तो नहुँदा उनी दानापानीको अनुपात नमिलेको होला भन्ने सोच्थे। ४० दिन खटिएर हुर्काएको ब्रोइलर कुखुरा गत मंसिरमा बेच्न लाग्दा मात्र उनले आफू ठगिने गरेको चाल पाए।
जिल्लामा बाख्रा र कुखुरालाई रोग लाग्नबाट बचाउन खोप आभियान सुरु गरिएको छ । बाख्रालाई पिपिआर र कुखुरालाई रानीखेतविरुद्धको खोप लगाउन सुरु गरिएको हो । सम्भावित महामारी फैलिनबाट बच्न खोप अभियान सञ्चालन गरिएको हो।
सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ।
‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रशासन मिलाएर जे गर्दा पनि सम्भव छ )। सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाइ लोकप्रिय बनेको छ । जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले सहजरुपमा भित्र्याउनु।
‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रसाशन मिलाएर जे गर्दा पनि सम्भव छ)’ सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाई लोकप्रिय बनेको छ। जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले बेरोक भित्र्याउनु।
नेपालका दाना उद्योगले कुखुरा दानाको भाउ बढाएका छन् । दाना उत्पादनमा प्रयोग हुने कच्चा सामग्री र भिटामिनको भाउ बढेको भन्दै साताको सुरुमै उनीहरुले भाउ बढाएका हुन् ।
अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक हुन उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल, कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फारम खोलेर करोडपति बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन् ।
प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको अघिल्लो दिन मतदाता फकाउन उम्मेदवारहरुले माछा, मासु, कुखुरा, हाँस र पैसा बाँडेका छन्। निर्वाचनमा चुनाव जित्ने दौडमा रहेका उम्मेदवारहरुले आफ्नो पक्षको भोट कायम राख्न र विपक्षीको भोट आफूतिर तान्न मौन अवधिको सम्पूर्ण नियम र आचार संहिताको धज्जी उडाउँदै उम्मेदवारहरुले मतदातालाई भेट्दै मागेको सामग्री उपलब्ध गराएका छन्।
सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा रौतहटतर्फ ल्याउँदै गरको हजारौँ मूल्य बराबरको कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।