४ पुस २०८१ बिहीबार
image/svg+xml

बोइलर कुखुरासहित छ युवा पक्राउ

बर्दियामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको करिब पौने चार क्विन्टल बोइलर कुखुरासहित छ जना युवा पक्राउ परेका छन् ।

कुखुरा बोकेको जीप दुर्घटनामा चालकको मृत्यु

चितवनको चुम्लिङटारमा कुखुरा बोकेको बलेरो जीप दुर्घटना हुँदा चालकको मुत्यु भएको छ ।      दमौलीबाट कुखुरा बोकेर काठमाडौं जाँदै गरेको ग २ च ३३६५ नम्बरको बलेरो जीप इच्छाकामना गाउँपालिका वडा ३ चुम्लिङटारबाट त्रिशुली नदीमा खसेको हो ।

सिरहामा १७ हजार कुखुराको बीमा

सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बिमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५०० पशुको बीमा गरिएको छ।

कुखुराको मासुको मूल्य बढ्यो

ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन्।

कुखुराको भालेको पनि बन्ध्याकरण

सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन ।

कुखुरा फार्ममा अज्ञात समूहको आगजनी

अज्ञात समूहले सल्यानको लुहाम बजारस्थित एक कुखुरा फार्ममा आगजनी गर्दा लाखौं रुपैयाँको क्षति भएको छ।

सेता कुखुराका २ हजार प्रतिबन्धित चल्ला बरामद गरी नष्ट

रौतहटको विभिन्न सीमावर्ती नाकाहरुबाट प्रतिबन्धित भारतीय सेता कुखुरा र चल्लाको तस्करी व्यापक मात्रामा भइरहेको पाइएको छ। बिहीबार कुखुरा तस्करहरुले सीमावर्ती भारतको घोडासहान बजारवाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब साढे दुई हजार प्रतिबन्धित सेता कुखुराको चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेपछि तस्करीको रहस्य सार्वजनिक भएको हो।

घाटामा ब्रोइलर कुखुरापालक

अन्डाको मूल्य उच्च भएका बेला कुखुरा मासु भाउ भने बढ्न सकेको छैन। मूल्य नबढ्दा उपभोक्तालाई राहत भए पनि किसानलाई मर्का परेको छ। ब्रोइलर कुखुरा पालेका किसानले लागत मूल्यभन्दा निकै कममा कुखुरा बेच्न बाध्य छन्।

'देश कुखुरापालनमा आत्मनिर्भर'

नेपालमा आधुनिक कुखुरापालन (पोल्ट्री) व्यवसाय सुरु भएको ५६ वर्ष हुँदै छ। यो व्यवसायले कुखुराको मासु, अन्डा उत्पादनमा देश आत्मनिर्भर हुनुका साथै ठूलो मात्रामा रोजगारीको अवसर सिर्जना गरेको पोल्ट्री व्यवसायीले बताएका छन्।

लुकाएर ल्याएको कुखुराको चल्ला बरामद

साईकलमा राखि भारतीय बजारबाट ल्याउँदै गरेको ७ सय ५० वटा कुखुराको चल्ला प्रहरीले वरामद गरेको छ। भारतीय बजारबाट लुकाई छिपाई पाँचवटा साईकलमा राखेर ल्याउँदै गरेको उक्त कुखुराको चल्ला सहसौला ५ बाट वरामद गरेको प्रहरीले जनाएको छ।

कुखुराको चल्ला सहित तीन भारतीय पक्राउ

रौतहट-प्रतिबन्धित अवैध सेतो कुखुराको चल्ला सहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती भारतको घोडासहान बजारबाट अवैध रुपमा चोरी तस्करी गरेर नेपाल भित्रयाउने क्रममा प्रहरीले मंगलवार चल्ला सहित तीनै जनालाई नियन्त्रणमा लिएको हो।

सुनसरीमा ११ लाख ३६ हजार कुखुरा

इटहरी– कुखुराको मासु र अन्डाको उपभोग बढेसँगै सुनसरीमा व्यावसायिक रूपमा ११ लाख ३६ हजार कुखुरा पालिएका छन्। पछिल्लो समय कुखुराको मासु र अन्डाको उपभोग बढेसँगै व्यवसायी पनि हौसिएका छन्। जसले गर्दा संघीय संरचनाअनुसार प्रदेश नम्बर १ मा सबैभन्दा सुनसरीमै कुखुरा पालिएको छ।

कुखुरा सकाए योजना आएन

जिल्ला कोटबाडाका गरिब दलित समुदायले सिचाई योजना पाउने आसमा गैरसरकारी संस्थाका कर्मचारीलाई ४० हजार मूल्य बराबरको खान्की खुवाए।

२ हजार ५ सय अवैध कुखुरासहित ६ पक्राउ

कोहलपुर– भारतबाट चोरी तस्करी गरी ल्याएका २ हजार ५ सय कुखुरासहित ६ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार बिहान पाँच बजे राँझाबाट उक्त कुखुरा बरामद गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्