१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

टुँडिखेलमा सेना दिवस ( भिडियो )

नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए। नेपाली सेनाले २०४७ सालदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

जताततै पानी तर, स्थानीयलाई हैरानी

काठमाडौं उपत्यकामै पानीको खानी हो, भक्तपुरको झौखेल क्षेत्र। व्यावसायीले यहाँको पानी मिनिरल वाटर, जार र ट्यांकरमा राखेर भक्तपुर, काठमाडौं र ललितपुरका गाउँगाउँमा लगेर बेचिरहेका छन्। विडम्बना !

सहारालाई हराउँदै झापा–११ को विजयी सुरुवात

मगमग झापा गोल्डकपको चौथो संस्करणको उद्घाटन खेलमा सहारा क्लब पोखरालाई २–० ले हराउँदै आयोजक झापा–११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

झापा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र सहारा क्लब भिड्दै

चौंथो झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि झापामा सुरु हुँदै छ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र सहारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ।

समर्थकदेखि व्यवस्थापकसम्म

कुनै पनि क्लबले सफलता हात पार्दा सधैं त्यस क्लबका खेलाडी र प्रशिक्षकको योगदानको प्रशंसा गरिन्छ। यद्यपि, जुनसुकै क्लबको सफलताको पछाडि कयौं व्यक्तिको महत्वपूर्ण भूमिका रहने गर्दछ। तीमध्ये एक व्यवस्थापक त झनै मुख्य भूमिकामा हुन्छन्। तर सदैव यो पक्ष छायाँमा पर्ने गरेका छन्।

मन्त्री अधिकारीकाे अन्तिम श्रद्धाञ्जली टुँडिखेलमा सुरू

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ।

दुई कराते महासंघ एक

दुई कराते महासंघ एक भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराते महासंघ पुनर्गठन गरिएको हो।

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

१७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट पोखरामा सुरु हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

'मिठाई प्याकेटमा ७८ लाख घुस'

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो त सार्वजनिक भयो तर कसले खिच्यो ? खिच्नुको प्रयोजन के ? रहस्यमै रह्यो। सञ्चार माध्यममा नाम त आए तर परिर्वतित। ‘शुक्रवार’ ती व्यक्तिसम्म पुग्न सफल भयो मंगलबार। उनी थिए एकजना राष्ट्रिय खेलाडी।

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा एपिएफ र झापा –११ भिड्दै

२१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) बाट बुटवलमा सुरु हुँदैछ। बुटवल– ११ देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ।

आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित

प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित भएको छ। सो सम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सुशील र दिवाना सर्वाेत्कृष्ट खेलाडी

विभागीय टोली त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

राजतन्त्र फर्काउन खेल सुरु, गणतन्त्रमाथि खतरा : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालको गणतन्त्र माथि खतराको कालो बादल मडारीएको बताएका छन।

डीपीएलकाे खेल तालिका परिवर्तन, साेमबार पहिलाे खेल

शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)  क्रिकेट प्रतियोगिता साेमबार अर्थात माघ २८ देखि सुरु हुने भएकाे छ। धनगढीमा वर्षा भएपछि प्रतियाेगिताकाे खेलतालिकामा हेरफेर गरिएकाे आयोजकले जानकारी दिएकाे छ।

आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ : सदस्य सचिव विष्ट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद २०७५ सालमै हुने बताएका छन्। राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले प्रकाशन गरेको पुस्तक विमोचन कार्यक्रममा शुक्रबार सदस्य सचिव विष्टले उक्त कुरा बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्