१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

मिति तोक्न अझै अलमल

बिहीबार बसेको आठौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय छनोटको मिति र स्थान तय गरेको छ। यद्यपि आठौं राष्ट्रिय खेलकुदको मिति भने तोक्न सकेन। जसका कारण प्रतियोगिता अनिश्चित भएको छ।

कहिले बन्ला सूर्यविनायक–धुलिखेल सडकखण्ड ?

सूर्यविनायक–धुलिखेल सडक वरपर जनघनत्व मात्रै बढेको छैन, सवारीचाप पनि अत्याधिक बढेको छ। जसको कारण उक्त सडकखण्ड साँघुरो भएकाले दैनिक एकदेखि दुई घण्टासम्म सवारी जाम हुन थालेको छ। कोटेश्वर–सूर्यविनायक ६ लेनको सडकखण्ड तयार भएको सात वर्ष भइसक्यो। तर, सोही सडकखण्ड जोडिएको अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल (१४.९१ किलोमिटर) सडक खण्ड अहिलेसम्म पनि दुई लेनमै सीमित छ।

प्रदेशस्तरीय छनोट मिति बुधबार तय हुने

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोटको मिति बिहीबार तय हुने भएको छ। बिहीबार हुने आठौं राष्ट्रिय खेलकुदको कार्यसमिति बैठकले सातै प्रदेशको छनोट मिति र स्थान तय गर्न लागेको हो। सोही बैठकले पाँच नम्बर प्रदेशमा हुने आठौं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड समक्ष सिफारिस गर्नेछ।

उल्भरह्याम्पटन पाँचौं चरणमा

एफए कपअन्तर्गत चौथो चरणको रिप्ले खेलमा उल्भरह्याम्टन वान्डरर्सले पछि परेको अवस्थालाई उल्टाउँदै बुधबार स्रोएर्सबरीविरुद्ध ३–२ को जित निकाल्दा पाँचाैं चरणमा प्रवेश गरेको छ।

टुँडिखेलमा समावेशी ल्होसार

खेन्जा (कोट), टागी (टोपी) जस्ता मौलिक भेषभुषामा सजिएका तामाङ युवायुवतीहरू डम्फु नाच नाचिरहेका थिए। लामा समुदाय जातीय पहिरनमा माक्पा र झुंबा, लिम्बू समुदाय धान नाच (च्याब्ब्रुङ नाच) प्रस्तुत गरिरहेका थिए। धामी झाक्रीहरूले  बजाएको ढ्याङ्ग्रोको आवाज पनि कम लोभ लाग्दो थिएन। यो दृश्य काठमाडौंको टुँडिखेलमा मंगलबार देखिएको राष्ट्रिय सोनाम ल्होसारको थियो।

टुँडिखेलमा धुमधामका साथ मनाइयो सोनाम ल्होसार (फाेटाे/भिडियाे)

राजधानीको टुँडिखेलमा यस वर्ष तामाङ समुदायले साेनाम ल्होसार धुमधामका साथ मनाएका छन्। यो पर्वको अवसरमा प्रदेश नम्बर ३ प्रदेश सरकारले मंगलवार सार्वजनिक विदा दिएको थियाे।

क्यानमाथिको निलम्बन फुकुवा हुँदै, खेलाडीले पारिश्रमिक पाउने

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले छिट्टै नेपाल क्रिकेट परिषद् (क्यान)माथिको निलम्बन फुकुवा गर्ने बताएका छन्। रिपोर्टस क्लब नेपालले मंगलबार गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्यापअनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जानकारी दिए। साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यानमा देखिएको विवादले उग्र रूप लिएपछि आइसीसीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो।

अव्यवस्थित बन्दै राष्ट्रिय खेल

एक समय, नेपालमा कमै मात्र महिला भलिबल प्रतियोगिता हुन्थे। वर्षमा हुने एक–दुई प्रतियोगिता नै नेपाली महिला भलिबल खेलाडीका लागि महोत्सवजस्तै हुन्थ्यो। तर, पछिल्लो समयमा महिला भलिबल प्रतियोगिता अत्याधिक बढेका मात्र छैनन्, एउटा प्रतियोगिता नसकिँदै अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यता छ।

डिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र धनगढी भिड्ने

यसै महिनाको अन्तिम साताबाट आयोजना हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ। शनिबार जारी गरिएको तालिकाको पहिलो खेलमा विराटनगर किङ्स र धनगढी स्टार्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

‘पिक एन्ड ड्रप’ यात्रुलाई चढ्नै सकस

सवारीसाधनको भीड व्यवस्थापन गरी यात्रुलाई सहजता प्रदान गर्न पुस १ गतेदेखि टुँडिखेल आसपासमा लागू गरिएको ‘पिक एन्ड ड्रप’ नियमले यात्रुहरूलाई झन् सकस भएको छ। ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको भने पनि ट्राफिक प्रहरीले यात्रु ओराल्न र चढाउन सार्वजनिक सवारी रोक्न नदिएपछि घर फर्कने यात्रुहरू अलपत्र परेका हुन्।

सप्तपाताल पोखरी कि विद्यालय भवन

लगनखेलमा ऐतिहासिक सप्तपाताल पोखरी रहने वा नमुना मच्छिन्द्र माविका नाममा भवन बन्ने ? सर्वोच्च अदालतको फैसला निर्णायक हुनेछ। १६ वर्षदेखि विवादको छिनोफानो नहुँदा विद्यालय पक्षधर र पोखरी पक्षधरबीचको कानुनी लडाइँ लम्बिएको छ। १४ रोपनी १० आना २ पैसा क्षेत्रफल जग्गा सप्तपाताल पोखरीको हो भनी सर्वोच्च अदालतको परमादेशमा उल्लेख भए पनि ६७ वर्ष लामो इतिहास बोकेको सार्वजनिक विद्यालय नमुना मच्छिन्द्रको नाममा लालपुर्जा रहेकाले अन्योल कायम छ।

टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव हुने

सोनाम ल्होछार मूल आयोजक समितिले माघ २१ र २२ गते टुँडिखेलमा तामाङ साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागेको हो।

पुरुष तथा महिला ट्वान्टी–२० विश्वकप एकै वर्ष

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अर्को वर्ष अस्ट्रेलियामा हुने पुरुष तथा महिला ट्वान्टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ।

हिटिङ पौडी पोखरीले बाह्रै महिना प्रशिक्षण

जाडोको महिनामा यसै पनि बिहानबेलुका खेलाडीको प्रशिक्षण कमै हुन्छ। त्यसमा पनि स्विमिङको प्रशिक्षण कम हुनु स्वाभाविक नै हो। पछिल्ला वर्षमा जाडो महिनामा स्विमिङका खेलाडी प्रशिक्षण बन्द गर्न बाध्य नै थिए।

ओसाकालाई वर्षको पहिलो ग्रान्ड स्लाम

जापानकी नाओमी ओसाकाले चेक रिपब्लिककी पेत्रा केभितोभालाई स्तब्ध बनाउँदै वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्