१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

कोहलीलाई एकै पटक तीन उपाधि

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को वर्ष खेलाडीको उपाधिसहित एकै पटक तीन उपाधि आफ्नो बनाएका छन्।

महिला फुटबल टोलीले भारतमा अभ्यास खेल खेल्ने

विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेबाट हुने पाँचौं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमा चार राष्ट्र सम्मिलित अभ्यास खेल खेल्ने भएको छ।

तेह्राैं साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ। सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ।

उज्यालो घर

खेल्दाखेल्दै झमक्कै साँझ परिसकेछ। मैले भनेँ, ‘अब त घर जानुपर्छ।’ श्रेय र साक्षात खेल्नै मन गर्दै थिए। मैले सबैलाई रोकेँ अनि घर जान तयार गराएँ। हामी खेलमैदानबाट घरतिर लाग्यौँ। मेरा आँखा घेरै टाढा देखिएको एउटा उज्यालो घरमा पुगे। मैले भने, ‘अहो, साथी हो ! त्यो कस्तो उज्यालो घर। हेर त।’

पाँच किलोमिटर सडक खन्न १५ वर्ष

साढे पाँच किलोमिटर बाटो खन्न १५ वर्ष लागेको छ। दोलखा जिल्लाको सदरमुकाम चरिकोटनजिकै डिलढुंगा–सोक्ला–खेलाप सडक खन्न १५ वर्ष लागेको हो। उक्त सडकको सर्भे १५ वर्षअघि भिमेश्वर नगरपालिकाको नेतृत्वमा भएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तमा ट्रयाक पूरा भएको छ।

विद्यार्थीद्वारा खेल सामग्री हस्तान्तरण

राजधानीस्थित धुम्वाराहीमा रहेको नेशनल कलेजका विद्यार्थीले गैह्रीधारामा नेपाल अटिजम केयर सोसाइटीलाई खेलकुद सामग्री हस्तान्तरण गरेका छन्। तेस्रो वर्षमा अध्यनरत विद्यार्थीले प्रोजेक्ट म्यान्जमेन्ट बिषयको क्रियाकलाप अन्तर्गत ‘गेमिंग फर च्यारिटी’ विषयक लुडो, बिङ्गो र उनो खेल कलेजमै आयोजना गरेर त्यसवाफत उठेको रकमबाट उक्त सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो।

खेलक्षेत्रमा प्रमको चासो, पदाधिकारीसँग कार्यविवरण माग

राष्ट्रिय खेलकुद परिषद्को संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलकुदको समस्यालाई हल गर्ने किसिमको काम गर्न सरोकारवाला खेलपदाधिकारीलाई निर्देशन दिएका छन् । ओलीले बालुवाटारमा शनिबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पीताम्बर तिम्सिना र सदस्यसचिव केशवकुमार विष्टलाई बोलाउँदै खेलकुद क्षेत्रमा पछिल्ला समय देखिएको समस्या समाधानप्रति ध्यान दिन निर्देशन गरेका हुन् ।

बालबालिकालाई डिजिटल खेलौना दिने कि नदिने ?

हिजोआज अब सबैथोक डिजिटल भइसक्यो । जमाना नै डिजिटल भइसक्यो । यस्तो अवस्थामा बालबालिकालाई इन्टरएक्टिभ डिजिटल खेलौना र खास किसिमका मोबाइल–ट्याब एप बनाउन थालिएको छ । तर बालबालिकाका लागि भनेर बनाइएका यस्ता सामग्रीले तिनको भलो गरिरहेको त छ ? अमेरिकामा भएको एउटा शोधले यस प्रश्नको जवाफ दिने प्रयास गरेको छ ।

‘माघी’मा थारू परिकार

हिन्दु समाजमा माघे संक्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन छ। विभिन्न जातजातिअनुसार भिन्न तौरतरिकाले माघ १ गते माघे संक्रान्तिलाई मनाउने गरेको पाइन्छ। माघ १ गते काठमाडौंका थारू समुदायहरू टुडिँखेलमा जम्मा भई नाचगान गरी विभिन्न परिकारहरू खाएर एकापसमा शुभकामना आदान–प्रदान गरेर मनाउँछन्।

स्वर्ण पदकमा नेपालको वर्चश्व

तीन देश सम्मिलित बिहीबार सम्पन्न इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदकमा वर्चस्व कायम गरेका छन्।

सालाहलाई लगातार दोस्रो पटक अफ्रिकन वर्ष खेलाडीको अवार्ड

इङ्लिस क्लब लिभरपुलका स्ट्राइकर मोहम्मद सालाहले लगातार दोस्रो पटक अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका छन्। सालाहले आफ्नै क्लबका साडियो माने र आर्सनलका स्ट्राइकर पिएरी इमिरेक औवामेयाङलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन्।

सुदूरपश्चिम खप्तड गोल्डकप : उद्घाटन खेलमा आयोजक र काँकरभिट्टा भिड्दै

मोफसलकै सर्वाधिक धनराशिको अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता मंगलबार (आज) बाट सुरु हुँदैछ। २ः३० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सुदूरपश्चिम ११ र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्दै छन्।

पर्यटक तान्न धुलिखेलमा ‘सुपरम्यान जिप लाइन’

उपत्यकासँगैको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘सुपरम्यान जिप लाइन’ सुरु हुने भएको छ। धुलिखेल आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई साहसिक खेल(एडभेन्चर स्पोर्ट्स्)को मनोरन्जन दिने उद्देश्यले धुलिखेल–८, थाक्लेमा वल्र्डवाइड एड्भेन्चर प्रालिले ‘धुलिखेल जिप लाइन’ निर्माण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्