१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

पोखरा रंगशाला निर्माणका लागि सम्झौता

लामो समयको प्रतीक्षापछि पोखरा फुटबल रंगशाला निर्माणका लागि सम्झौता गरिएको छ। भारतीय कम्पनी ग्रेट स्पोर्टस एन्ड एमए कन्स्ट्रक्सन र जवलाखेल ललितपुर (जेभी) सँग फुटबल स्टेडियम निर्माणका लागि सम्झौता गरिएको हो।

डिपिएल अक्सन : भीम र पवनसँगै ४ खेलाडी सर्वाधिक महँगा

हालै मात्र युएई भ्रमणका लागि घोषित नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक २० खेलाडीमा स्थान बनाउन सफल युवा खेलाडी भीम सार्की र पवन सर्राफ धनगढी प्रिमियर लिग (डिपिएल) ३ मा अधिकतम रकममा अनुबन्धित भएका छन्।

फाल्गुनन्द गोल्डकप आजबाट, उद्घाटन खेलमा झापा र ताप्लेजुङ भिड्दै

दशौँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि पाँचथर सदरमुकाम फिदिममा सुरु हुँदैछ। दिउँसो ३ बजे सुरु हुने उद्घाटन खेलमा झापा ११ ले कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङ्को समाना गर्दै छ। प्रयोगिताको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्दैछन्।

डिपिएलको खेलाडी ‘अक्सन’ आज

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ।  आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच अक्सन हुने जानकारी दिए।

‘ए’ डिभिजन लिगका अन्तिम खेल शनिबारदेखि

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरुकाे तालिका सार्वजनिक गरेको छ।

माझखण्डको जग्गा हडप्न चलखेल

दक्षिण ललितपुरमा पर्ने पर्यटकीय क्षेत्र माझखण्डको जग्गा अनियमितरूपमा किनबेच हुने गरेको पाइएको छ। केबलकार होमस्टे बन्ने आशा देखाएर केही व्यवसायीले यस क्षेत्रको जग्गा किनबेच थालेका हुन्।

राखेपका दुई नेतृत्वको फरक भनाइ

आठौं राष्ट्रिय खेलकुद आयोजना मिति अन्योल परिरहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष पीताम्बर तिम्सिनाले फागुनमा प्रतियोगिता गर्न नसकिने बताएका छन्। पूर्वाधार निर्माण गति र पर्याप्त तयारी नपुगेकाले आठाैं राष्ट्रिय खेलकुद फागुनमा गर्न सक्ने अवस्था नभएको उनले बताए।

खप्तड गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम ११ र मेची नेत्रालय झापा भिड्ने

मंगलबारदेखि धनगढीमा हुने तेस्रो खप्तड गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम ११ र मेची नेत्रालय झापा भिड्ने भएका छन्।

आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले प्रतियोगिताको मिति सार्न बाेर्ड बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको छ। प्रदेश नम्बर ५ मा हुने तय भएको प्रतियोगिता माघ २५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो। तर, भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता दुई हप्ता पछाडि सार्ने तयारी गरिएको हो।

जिल्ला कोटा अनुमोदन

आठौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बुधबार बसेको तेस्रो बैठकले जिल्ला छनोट तथा खेल सामग्रीका लागि जिल्लालाई निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ।

धनगढी प्रिमियर लिगका लागि २ सय ५ खेलाडीद्वारा नाम दर्ता

आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन्।

‘ए’ डिभिजन लिग : आर्मी जावलाखेलसँग बराबरीमा रोकियो

शीर्ष तीनभित्र अटाउन संघर्ष गरिररहेको विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार नवौं स्थानको जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ।

गुणात्मक विकास र समय सापेक्ष विस्तार

‘अकबरी सुनलाई कसी लाउनु पर्दैन’, नेपालको स्वास्थ्य एवं स्वास्थ्य शिक्षा क्षेत्रमा धुलिखेल अस्पतालको अवस्था अकबरी सुन साबित भएको छ। यो एकै दिनको उपलब्धि भने कदापि होइन। वर्षौंको मेहनत अनि सयौँ, हजारौँ दृढसंकल्पित अस्पतालकर्मीहरूको मेहनतको फल हो।

ल्होसारमा झुम्यो राजधानी

गुरुङ पोशाकमा सजिएका केही युवक ढोल, झ्याम्टा, र मादल बजाएर नाचिरहेका थिए। गुरुङ युवती पनि हातमा नाङ्ला र पिर्का प्रदर्शन गरिरहेका थिए। काठमाडौंको टुँडिखेलमा आइतबार देखिएको तमु ल्होसारको दृश्य हो यो। तमु ल्होसारका अवसरमा गुरुङहरू समुदायका व्यक्तिहरूले टुँडिखेलमा परम्परागत चुट्का कौडा नाच, कोडा नृत्यलगायत प्रर्दशन गरे। उनीहरूको नाच हेरेर प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओली मख्ख देखिन्थे।

क्यानोनिङको देश

एक बिहान मित्र राजेन्द्रबहादुर लामासँग कफी भेट भयो। उनी नेपाल क्यानोनिङ एशोसिएसनका अध्यक्ष पनि रहेछन्। लामो समयदेखि पर्यटनमा लागेका मित्रसँग पर्यटनकै विषयमा कुराकानी भयो। उहाँका कुरा सुन्दा नेपाल जति सृुन्दर देश अर्को छैन भन्ने लाग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्