२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

क्यानोनिङको देश

राजु लामा
एक बिहान मित्र राजेन्द्रबहादुर लामासँग कफी भेट भयो। उनी नेपाल क्यानोनिङ एशोसिएसनका अध्यक्ष पनि रहेछन्। लामो समयदेखि पर्यटनमा लागेका मित्रसँग पर्यटनकै विषयमा कुराकानी भयो। उहाँका कुरा सुन्दा नेपाल जति सृुन्दर देश अर्को छैन भन्ने लाग्यो।

खासमा क्यानोनिङ शब्द आफैंमा नौलो थियो मेरा लागि। त्यसैले मित्रलाई सोधें– के हो क्यानोनिङ ?
‘झरनाको शिरानबाट फेदतिर झर्ने खेल नै क्यानोनिङ हो। यसलाई नेपालीमा छाँगावरोहण भनिन्छ’, उनी सुनाउँदै गए, ‘विशेष खाले वेटसुट, क्यराबिनर, डिसेन्डर, हेलमेट र कम्मरमा बेल्ट लगाई डोरीको सहायताले झर्नामा रूझ्दै तल झर्ने साहसिक खेल नै क्यानोनिङ हो।’

यसमा जम्पिङ, स्लाइडिङ, स्विमिङ, वाकिङ गर्दै प्रकृतिसँग निकट हुन पाइँदोरहेछ। ‘नढाँटी भन्नुपर्दा जिवनलाई चिन्ने मौका भनेकै क्यानोनिङ हो जस्तो लाग्छ’, उनी हाँसे।

‘के छ तपाईको विचार ? गर्ने है न त क्यानोनिङ ?’, राजेन्द्रले मलाई उत्साहित बनाए,  ‘राजु सम्धी तपाइँ त संगीतको माध्यमबाट सारालाई हिलिङ गर्नुहुन्छ। अब पालो तपाईको दिमाग, शरीर र आत्मा हिलिङ गर्ने।’  

भर्खरै मर्दि हिमाल पदयात्रा गरेर फर्केको म, शरीर रूघाले पनि ग्रसित थियो। त्यसमाथि कन्र्सटको तयारीमा लाग्नु पर्ने। सहास मन पराउँछु, त्यसैले न त व्यस्तताले रोक्यो न रूघाले नै, सम्धीले भनें झैं जीवन बुझ्ने निर्णय गरें।

हाम्रो व्याण्ड ‘मंगोलियन हार्ट’को २५ औं वार्षिकोत्सवका अबसरमा हामीले क्यानोनिङ गर्ने भयौं। शुक्रबारका दिन बिहानै म, ड्रमर सन्तोष थापा, जनवादी गायिका निर्मला घिसिङ,  एनसिएका राजेन्द्रबहादुर, प्रशिक्षकहरू दबिन्द्र तामाङ, भक्त, विश्व र ङावा तामाङ हुइँकियौ शिवपुरी जंगलको कच्चि, साँघुरो र उकालो ओरालो बाटो छिचोल्दै नुवाकोटको थानापतीस्थित सानो छहारामा।

हामीले बुद्ध जन्मेको देश, सगरमाथाको देश, मन्दिरैमन्दिरको देश, जातिय विविधताको देशका रुपमा नेपाललाई चिनाउँदै आएका छौं। अब क्यानोनिङको देश भनेर किन नचिनाउने ?


जब हामी पुग्यौं, स्थानीयको भिडले सयपत्रीको माला र अबिर सहित सगुन राखेर स्वागत ग¥यो। त्यसपछि हामीलाई गाइड दबिन्द्रले छोटो ब्रिफिङ गरे। करिब २० मिनेट एकदमै सानो, झाडी बाटो हुँदै क्यानोनिङ गर्ने खोंचमा पुग्यौं हामी।

चिसो मौसम, लामो झरना, आँखै अगाडि देखेसी उत्साहसँगै त्रासले मुटुमा ढ्याँग्रो बज्न थाल्यो। राजु लामा गोर्खे हो किन डराउने भनेर आफैैंलाई मोटिभेट गरें। हामीले क्यानोनिङका सबै सामान लगायौ। गाइडहरुले सुरक्षा र सावधानीबारे बताए।

पहिलो २५ मिटर जब निर्मलाको पालो आयो। उनी धेरै आत्तिइन्, गिभ अप गर्न खोज्दैथिइन्। गाइड भक्तको कुशल प्रोत्साहन एवं चतुर्याइँले उनको आत्मबल बढ्यो। उनले खेल पुरा गरिन्। बधाई निर्मला !  

सुरूमा सानोतिनो गल्ति, थोरै डर तर धेरै मज्जा लिएँ। मेरो अत्माविश्वास ह्वात्तै बढेको थियो। त्यसैले डरलाई भगाउँदै, मज्जा लिँदै दोश्रो १२ मिटर पनि पार गरें। अन्तिम ५५ मिटर झरनामा सबैको सहास देखेर अचम्म लाग्यो। अघिसम्म डरले भयभित म गाइडले जस्तो गरेको छ सिको गर्दै फोटोका लागि पोज दिन थालें। हो, यही खेल जिवन चिन्ने अवसर रहेछ। आत्मविश्वास, प्रोत्साहन, सहारा, सहयोगमा खेल्ने यस्ता खेलले जिवन के हो अथ्र्याउने रहेछ।
थकित मेरो मन, मष्तिष्क र शरीरले नयाँ ऊर्जा पायो।

हामीले क्यानोनिङ गरेको हेर्न स्थानीयको भिड लागेको थियो। क्यानोनिङको मज्जा गराउने फ्रेण्ड्स एडभेन्चर टिम र स्थानीयलाई धन्यवाद दिँदै सबैको आग्रहमा मैले आफ्नै गीत गुनगुनाउँदै त्यो छहरालाई ढोगें ः  
तिमीलाई म भुल्न सक्दिन
जहाँजहाँ जाउँ तिम्रो याद आइरहन्छ
यो खोला, यो नाला,
यो पहाड, भन्ज्याङले बोलाइरहन्छ
मेरो नेपाल, मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो

साच्चै नेपाल क्यानोनिङको देश रहेछ ! विश्वको अग्लो स्थान रहेको लुङ्गा क्यानोनिङ, मस्ड च्यालेजिङ चाम्जे क्यानोनिङ हाम्रै देशमा छ। भौगोलिक भूबनावट भिरालो भएको हुँदा नेपालमा सयौं झरना छन्। यस्ता झरनामा खेल खेलाएर देशलाई धनी बनाउन सकिन्छ। आउनुहोस्, मुलुकलाई क्यापिटल अफ एडभेन्चर क्यानोनिङ भनेर चिनाउन हिँडेका दबिन्द्र र भक्तजस्ता युवासँग हामी पनि हातेमालो गरौं।

भिजिट नेपाल २०२० का लागि एउटा आकर्षक प्रोडक्टका रुपमा क्यानोनिङलाई स्थापित गरौं। आजसम्म हामीले नेपाललाई बुद्ध जन्मेको देश, सगरमाथाको देश, हिमालयको देश, मन्दिरैमन्दिरको देश, जातिय विविधता भएको देश आदि भनेर चिनाउँदै आएका छौं। राजेन्द्रजीका कुरा सृुनिसकेपछि मलाई लाग्यो, अब हामीले क्यानोनिङको देश भनेर किन नचिनाउने ?

प्रकाशित: १४ पुस २०७५ ०४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App