२४ वैशाख २०८१ सोमबार
image/svg+xml

मेलम्चीको पानी फेरि उपत्यकाबासीको धारामा

सरकारले अघिल्लो वर्षदेखि नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न सुरु गरेको थियो तर गत असार १ गते आएको बाढी पहिरोले मेलम्चीको हेडवर्क्स क्षेत्र अम्बाथानस्थित मुख्य संरचनामा क्षति पुर्‍याएसँगै वितरण अवरुद्ध भएको थियो।

काकाकुल काठमाडौंको मेलम्ची सपना

निराशा तथा अनिश्चिताका बीच वहुप्रतीक्षित मेलम्ची पानीले थोरै समयका लागि भएपनि राजधानीबासीको तिर्खा मेट्ने भएको छ। यो सुखद समाचार हो।

चैत मसान्तभित्रै मेलम्ची पानी उपत्यकामाः खानेपानी मन्त्री

मन्त्री चौधरीले भेरिएसनमार्फत आयोजनाको हेडवक्र्स क्षेत्रमा थुप्रिएको २० मिटर उचाइको गेग्य्रान हटाउने तथा मर्मतसम्भारको काम सुरु भइसकेको बताए। सरकारले भ्याटसहित ३६ करोड ४५ लाख ३३ हजार लागतमा मेलम्चीको गेग्य्रान हटाउने काम सिनो हाइड्रोमार्फत गराउन लागेको हो।

मेलम्चीको पानी आउन तीन महिना लाग्ने

काठमाडौं उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ। मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ।

उपत्यकामा दुई महिना मेलम्चीको पानी नआउने

मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो।

भक्तपुरमा मेलम्चीको पानी एक महिनाभित्र

मेलम्चीको पानी एक महिनाभित्र भक्तपुरमा पठाइने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा खानेपानी समितिको प्रतिनिधिमण्डल टोलीले बिहीबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यसँगको भेटमा भक्तपुरमा एक महिनाभित्र पठाइने जनाएको हो ।

सरकारले मेलम्चीको पानी देखाएर पेट्रोल र डिजलको भाउ बढायोः सांसद महत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद गजेन्द्रबहादुर महतले सरकारले मेलम्चीको पानी देखाएर पेट्रोल र डिजलको भाउ बढाएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले सरकारले विकास देखाएर जनतालाई महंगीको मारमा पारेको आरोप लगाएका हुन्।

मेलम्चीको पानी पुरानो वितरण प्रणालीले थेग्न सकेन

वर्षौंदेखि मर्मतसम्भार नभएर माक्किएको वितरण प्रणालीले एक्कासि मेलम्चीको पानी हाल्दा थेग्न सकेन र ठाउँठाउँमा चुहावट देखिन थालेको छ। केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी पुरानो वितरण प्रणालीबाट पठाउँदा केही स्थानमा चुहावट भएको बताए।

आजदेखि बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ। उनले भने, 'केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ।'

मेलम्चीको पानीमा सरकारले मात्र जस लिन मिल्दैनः राजेन्द्रकुमार केसी

नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारले मात्र लिन नमिल्ने बताएका छन्।

मेलम्चीको पानी वितरण

मेलम्चीको पानी ल्याएर काठमाडौंका बासिन्दालाई खुवाउने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योजना २१ वर्षपछि बल्ल पूरा भएको छ। महांकालस्थित पानी ट्यांकीबाट चाबहिल र महांकाल क्षेत्रमा आइतबार मेलम्चीको पानी वितरण गरिएको छ। वितरणसँगै उपत्यकावासीले दुई दशकदेखि देख्दै आएको मेलम्ची सपना सार्थक बनेको छ।

मेलम्चीको पानी आजबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आउने

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ। उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ। पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए।

अब उपत्यकावासीकाे घरघरमा दैनिकरूपमा मेलम्चीको पानी

मेलम्चीको पानी काठमाडौं आएसँगै काठमाडौं उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो। अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ। सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए।

शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बग्ने

मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ। सो दिनमा धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ।

मेलम्ची पानी सुरुमा पुरानै वितरण प्रणालीबाट

सरकारले मेलम्चीको पानी सुरुआती चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट वितरण गर्ने भएको छ। मेलम्चीको पानी सुन्दरीजल खसेसँगै नयाँ वितरण लाइन तयार नभइसकेकाले पुरानैबाट वितरण गरिने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्