१२ मंसिर २०८१ बुधबार
image/svg+xml

वातावरणका मुद्दामा नागरिकको प्राथमिकता उच्च

नागरिक र यसका सहप्रकाशनहरुले वातावरणका मुद्दालाई उच्च प्राथमिकतामा राखेको एक अध्ययनले देखाएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले सन् २०१८ को जनवरीदेखि मार्चसम्म गरेको अध्ययन अनुसार नागरिक दैनिक, रिपब्लिका दैनिक र यसका सहप्रकाशनहरुले वातावरणीय मुद्दाहरुलाई उच्च प्राथमिकता दिएको देखाएको छ ।

व्यावसायिक वातावरण बिगार्न दोहोरो कर लाग्दैन : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक वातावरण बिगार्ने गरी दोहोरो कर नलगाउने बताएका छन् । मुलुक संघीय संरचनामा गएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारले लिने करको बारेमा व्यवसायी त्रसित भइरहेको बेला अर्थमन्त्री खतिवडाले कुनै पनि हालतमा दोहोरो कर तिर्नु नपर्ने जानकारी दिए।

‘एमाले-माओवादीका नेता कार्यकर्ताबीच विश्वासको वातावरण हुनुपर्छ’

वाम गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी पार्टी चाँडै एकीकरण हुने ठोकुवा गरेका छन्। मुलुकमा आर्थिक समृद्धि, सुशासन, स्थिरता र विकास पथमा अघि बढाउने वाम गठबन्धनमा आबद्ध दुवै दल एक हुन जरुरी रहेकोले अब चाँडै एकता हुने विश्वास व्यक्त गरे।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अस्वस्थ

प्रदेश नम्वर दुइका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव अवस्थ भएका छन्।

मुद्दा विशेषमा छलफल भएन, वातावरण बन्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुईपक्षीय आर्थिक मुद्दामा ठोस निष्कर्ष ननिस्के पनि भारतीय लगानीको लागि थप वातावरण बनेको भ्रमणमा सहभागी व्यवसायीले बताएका छन्।

स्वदेशमा काम गर्ने वातावरण बनाउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेका नेपालीहरुसँग भेट गरेका छन्। बाह्रखम्बा स्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा उनले छिमेकसँगको सम्वन्ध सन्तुलित हुने बताए।

वन तथा वातावरण नीति उपयोगमुखी बनाइने

वाम गठबन्धन नेतृत्वको सरकारले संरक्षणमुखी रहदैँ आएको वन तथा वातावरण नीति परिवर्तन गर्दै सदपयोगमुखी बनाउने भएको छ।

औद्योगिक वातावरण बनाउन सरकार अग्रसर : उद्योगमन्त्री यादव

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योग–धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताएका छन्।

व्यावसायिक वातावरण बनाउन माग

सुनचाँदी व्यवसायीहरुले निर्वाधरुपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातवारण निर्माण गर्न सरकारसँग माग गरेका छन्।

ग्यास बुलेट चलाउने वातावरण मिलाउन आग्रह

ग्यास उद्योगीले लामो समयदेखि भारतमा रोकिएका नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालनको वातावरण मिलाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ध्यानाकर्षण गराएका छन् ।नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीको टोलीले मन्त्री यादव भेटेर ग्यास क्षेत्रका समस्या जानकारी गराएको हो।

पुटिनको नयाँ कार्यकालमा वातावरण संरक्षण

रसियाले आगामी केही वर्ष देशको वातावरण संरक्षणमा खर्चिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

रसियाले आगामी केही बर्ष देशको वातावरण संरक्षणमा खर्चिने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण गरिने : मन्त्री पण्डित

संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवर्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न व्यवसायीले सरकारलाई सुझाव दिएका छन्।

सरकारी डोजर : बस्ती–वातावरण ध्वस्त

डोजर, लोडर, स्क्याभेटर खरिद गर्न छापा अखबारमा खुबसँग विज्ञापन प्रकाशित भए । त्यसपछि खबर छापियो– स्थानीय तहका रूपमा रहेका गाउँपालिका, नगरपालिकाका पदाधिकारीहरूले भकाभक डोजरजस्ता महँगा मेसिनरी किनेर मालिक बनेका छन् र आफ्नो गाउँपालिका, नगरपालिकाबाट बन्ने बाटोघाटो, सिँचाइ, कुलो खन्नमा तिनलाई भाडामा लगाएका छन् । त्योभन्दा पनि बढी त स्थानीय तहमा जितेका प्रतिनिधिहरूमध्ये ३०० भन्दा बढी संख्यामा (हेर्नुहोस्, हिमाल २१—२७ माघ, २०७४) पहिले नै ठेक्कापट्टामा लागेकाहरू छन्, जसले स्थानीय तहका विकास निर्माणका काम आफ्ना फर्म र मेसिन प्रयोग गरेर गर्न थालेको अवस्था छ । स्थानीय तहमा डोजर (डोजर, स्क्याभेटर, लोडर जस्ता हेभी इक्विपमेन्टलाई डोजर मात्र भनिएको) को खरिद र प्रयोगको नयाँ प्रवृत्तिका सम्भावित असरबारे विमर्श चलाउनु लेखको उद्देश्य हो।

काठमाडौंको वातावरणलाई स्वच्छ बनाउँछु : लालबाबु पण्डित

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्