छड प्रतिकिलोको सय रुपैयाँ हाराहारी
सरकारी मौनताको फाइदा उठाउँदै फलामे निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरूले ६ महिनाको अवधिमा ३० प्रतिशतसम्म मूल्य बढाएका छन् । अधिकांश कम्पनीले खुद्रा व्यापारीलाई सर्कुलर पठाउँदै घर बनाउँदा सबैभन्दा धेरै प्रयोग हुने छडको मूल्य किलोको सय रुपैयाँ हाराहारी पु¥याएका छन् । असोजमा यसको मूल्य प्रतिकेजी ७२ रुपैयाँ हाराहारी थियो।