१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अनुदान र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ

वन मन्त्रालयले वातावरण र वनसँग सम्बन्धित पाँचवटा परियोजना र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ भित्र्याउने तयारी गरिरहेको छ । यीमध्ये कार्बन व्यापारबाट ७ अर्ब रुपैयाँ र बा“की परियोजनाका लागि अनुदान ल्याउने तयारी गरिएको हो । यसबाहेक पा“चमध्येकै एउटा परियोजनाका लागि १ अर्ब ६० करोड रुपैयाँ ऋण पनि लिइँदैछ ।

स्थानेश्वरलाई जुट्यो २९ लाख रुपैयाँ

साउदी अरेबियाको जेलमा रहेका नवलपरासी, मध्यबिन्दु–४ का स्थानेश्वर भुसाललाई उद्धार गर्न २९ लाख रुपैयाँ संलकन भएको छ।

लिओनार्दो दा भिन्चीको तस्बिर ४५ अर्ब बढी रुपैयाँमा बिक्री

लिओनार्दाे दा भिन्चीले बनाएको क्राइष्टको तस्बिर ४५० मिलियन अमेरिकी डलर (४५ अर्बभन्दा बढी)मा बिक्री भएको छ ।

दुई महिनामा विदेशी पर्यटकबाट आठ अर्ब रुपैयाँ भित्रियो

चालु आर्थिक वर्ष ०७४÷७५ को पहिलो दुई महिनामा विदेशी पर्यटकबाट आठ अर्ब रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको साउन र भदौ महिनामा नेपाल घुम्न आउने पर्यटकबाट आठ अर्ब ११ करोड रुपैयाँ भित्रिएको हो ।

३५० रुपैयाँको उपकरण ४ हजारमा बिक्री

शैया अभाव, कर्मचारीका बीचमा किचलोजस्ता व्यवस्थापकीय कमजोरीका कारण वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीले सास्ती खेप्नु परिरहेको छ । औषधि व्यवसायीको मिलोमतोमा अस्पतालकर्मीले अस्पतालमा उपचार सामग्री उपलब्ध नरहेको भन्दै उपचारमा समस्या थपिदिएका छन् भने मृगौलासम्बन्धी रोगबाट पीडितहरू एउटै शड्ढयामा बसेर डायलासिस गराउन बाध्य छन्।

चितवनका बैंकबाट तीन अर्ब रुपैयाँ बाहिरियो

नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ।

असी रुपैयाँ विद्युत् महसुल तिर्न दुई हजार खर्च

जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ।

बेलायतमा नेपालीको घरबाट २५ लाख रुपैयाँको गरगहना चोरी

बेलायतमा नेपालीका घरमा गरगहना चोरीका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। नेपालीको उल्लेख्य रुपमा बसोबास रहँदै आएको अल्डरशट, फानवरो, हन्स्लोलगायतका क्षेत्रमा सुनका गरगहना चोरी हुने क्रम बढेको हो। यस्तै घटना हालै हन्स्लो काउन्सिल अन्र्तगतको फेलथानमा बस्ने एक नेपालीको घरमा दोहोरिएको छ।

बाढीपीडितका लागि जर्मनीबाट १२ लाख रुपैयाँ संकलन

गत विहीबारदेखि देशका बिभिन्न भूभागमा आएको बाढीपहिरो पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले १२ लाख रुपैयाँ संकलन गरेको छ। संघको हेम्वर्ग सहरमा सोमवार सम्पन्न छैटौ अधिवेशनमा सहभागी संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीको सहयोगमा सो रकम संकलन भएको हो।

रुपैयाँ बलियो बन्दा महँगी कम

-परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर कमजोर बन्दा आयातमा निर्भर नेपालमा उपभोग्य वस्तुको मूल्य थोरैले मात्रै बढेको छ।

सोलुमा चुनाव खर्च ३ करोड रुपैयाँ

सोलुखुम्बु स्थानीय तहको निर्बाचनका लागि निर्वाचन आयोगले झन्डै ३ करोड रुपैयाँ उपलब्ध गराएको छ। आयोगले असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड ८९ लाख ३७ हजार रुपैयाँ उपलब्ध गराएको छ। निर्वाचनको तयारी र खर्च स्वरूप यो रकम प्राप्त भएको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको  छ।

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान

एक रुपैयाँले के आउँछ र? तर यही एक रुपैयाँले काभ्रेका दूध उत्पादक किसानलाई नसोचेको खुसी ल्याइदिएको छ। दूध उत्पादनमा अग्रणी काभ्रेका किसानले बढी दूध उत्पादन गरेर योगदान पुर्‍याएबापत सरकारले खरिद मूल्यमा एक रुपैयाँ थपिदिएको हो।

एक हजार भारु नोटको मूल्य दुई रुपैयाँ, नेपाल भित्रिँदै प्रतिबन्धित भारु

भारत सरकारले प्रतिबन्ध लगाएको एक हजार र पाँच सय भारतीय रुपैंयाको नोट नेपालमा भित्र्याउन संगठित गिरोह सक्रिय देखिएको छ। भारतमा सटही गर्न नसकेको भारु प्रतिगोडा २ रुपैंयाको दरमा किनेर नेपाल ल्याउन संगठित गिरोह सक्रिय छन्।

‘२ रुपैयाँ’मा जुरेली बने निश्चल

निर्देशक असिम शाहले निर्देशन गरेको ‘२ रुपैयाँ’मा निर्देशक तथा अभिनेता निश्चल बस्नेत ‘जुरेली’को भूमिकामा देखिएका छन् । ब्ल्याक हर्स र एजिटु वान प्रोडक्सनले सार्वजनिक गरेको अभिनेता निश्चल बस्नेत र आशिफ शाह अभिनित ‘२ रुपैयाँ’ को फस्ट लुक्कमा सार्वजनिक गरेको छ ।

प्राधिकरणको ३० अर्ब रुपैयाँ फिर्ता जाने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च गर्न नसक्ने भएकाले उक्त रकम फिर्ता गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार चालू आर्थिक वर्षका लागि अर्थबाट एक खर्ब नौ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसमध्ये करिब ३० अर्ब रुपैयाँ रकम खर्च गर्न नसकिने भएकाले फिर्ता गर्नेबारे छलफल भइरहेको उनले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्