न्युयोर्क- लिओनार्दाे दा भिन्चीले बनाएको क्राइष्टको तस्बिर ४५० मिलियन अमेरिकी डलर (४५ अर्बभन्दा बढी)मा बिक्री भएको छ ।
उक्त तस्बिरले हालसम्म बिक्री भएको रकमको सम्पूर्ण रेकर्डहरू तोडेको छ । तस्बिरलाई एक अपरिचित व्यक्तिले टेलिफोन सम्पर्कमार्फत् किनेको अमेरिकी सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।
भिन्चीको उक्त तस्बिर एक रसियन व्यापारीले सन् २०१३ मा १ सय २७ अमेरिकन डलरमा किनेका थिए ।
प्रकाशित: ३० कार्तिक २०७४ ०६:३९ बिहीबार