२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चट्याङ लागेर वृद्धाको मृत्यु

ओखलढुंगामा सोमबार वर्षासँगैको चट्याङले लागेर एक वृद्धाको ज्यान गएको छ। जिल्लाको सुनकोशी गाउँपालिका–१ भिरगाउँकी ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो।

स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु

रुकुम पश्चिममा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका निर्माणधिन बादरपानी–गैरनेटा–स्याउलीबजार–कुरलपेउघा कृषि सड्कको काम गरेर फर्कने क्रममा दुर्घटना हुँदा सहचालक दाङ गढवा गाउँपालिका–७ का २६ वर्षीय उत्तमकुमार चौधरीलाई मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पहिरोले एकको मृत्यु सात घाइते

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित निर्माणाधीन अपर बलेफी जलविद्युत आयोजनामा पहिरो खसेर त्यहाँ कार्यरत एक कामदारको मृत्यु भएको छ।

बसको ठक्करबाट महिलाको मृत्यु, एक घाइते

दमौलीबाट छाब्दी जाँदैको गरेको बसको टक्करबाट एक जना महिलाको मृत्यु भएको छ। छाब्दा जाँदै गरेको ग १ ख २७०३ नम्बरको मिनि बसको ब्रेक फेल भएपछि पछाडि गुड्दा पछाडिबाट आउँदै गरेकी गोमा पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

छुट्टाछुट्टै घट्नामा बालक र बृद्धको मृत्यु

उदयपुरमा फरक फरक घट्ना मा परी एक बालक र बृद्धको मृत्यु भएको छ। शनिबार दिउँसो २ बजे खोलाले बगाएर कटारी नगरपालिका ५ भोर्लेका एक बालकको मृत्यु भएको छ भने चौदण्डीगढी नगरपालिका ८ कात्तिकेमा अघिल्लो विहान एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिकामा शनिबार अपराह्न भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

चट्याङ लागेर बालिकाको मृत्यु, आमा घाइते

बुढीगंगा नगरपालिका १० बदेडामा चट्याङ्ग लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी २ वर्षिया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताएका छन्।  लाल सार्कीको घरमा परेको चट्याङ्गको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीले बताए।

जिल्ला अस्पतालमा सुत्केरीको ज्यान गयो

जिल्ला अस्पताल बाजुरामा सुत्केरी महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका ७ जिल्ली घर भएकी २१ वर्षकी बसन्ती नेपाली रहेकी छन्। नेपालीको पेटमै मृत्यु भइसकेको बच्चा जन्माएको करिब दुई घण्टा पछि अस्पतालको शय्यामा ज्यान गएको हो।

चट्याङ लागेर बालिकाको मृत्यु

क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जैसीको मृत्युबार छानबिन माग

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदले कीर्तिपुरमा गत साता एक युवकको शंकास्पद मृत्यु भएको बताउँदै अपराधी पक्राउ गर्न माग गरेका छन्।

वर्षा र बाढीबाट सुडानमा ५४ को मृत्यु, २ लाख प्रभावित

अत्यधिक वर्षा र बाढीका कारण सुडानमा पछिल्लो समय ५४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

भक्तपुर दुर्घटनामा चालकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा७३प ९७२१ नम्बरको मोटरसाइकल र बालकोटतर्फ जाँदै गरेको बा६७प ६७५४ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

भारतको मन्दिरमा भागदौड हुँदा चार जनाको मृत्यु, कैयौं घाइते

पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्