१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीबार बेलुका घोराही उपमहानगरपालिका-१४ आर्मी ब्यारेक नजिकै रा १ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रोल्पाको रुन्टीगढी गाउँपालिका-३ का २१ वर्षका चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राजन गौतमले बताए।

दुर्घटनामा परी घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

प्रकाशित: २९ वैशाख २०८० ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App