९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

विश्व सन्दर्भ: मृत्युका सौदागर

डिग्निटासका सञ्चालक लुडविग मिनेली 

नेपालमा २०७२ असार २४ मा इच्छामृत्युको अधिकारका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। सोबारेमा संसद्मा पनि छलफल हुनुपर्ने आवाज उठिरहेका बेला आफ्नो अध्यक्षतामा संसदीय समितिले एक चरण छलफलसमेत चलाएको तत्कालीन सांसद निरु पाल सम्झनुहुन्छ। २०७४ भदौ ७ गते सर्वोच्च अदालतले भने रिट खारेज गरिदियो। पाल भन्नुहुन्छ, ‘त्यो बेलाको छलफलमा नेपालमा अझै यसबारे कानुन बनाउने बेला आई नसकेकाले संसदीय समितिको छलफल निष्कर्षविहीन छलफलमै सीमित भयो।’

नेपालमा हाल २० लाखभन्दा केही बढी वृद्धवृद्धाहरूको संख्या छ। के नेपालमा यस्तो कानुन बने हरकोही मर्न हतारिने हुन् त? अवश्य पनि हतारिँदैनन् तर कानुन बनेपछि असाध्य रोग लागेको ठानेकाहरूको बाँच्ने जिजीविषा भने कम हुन्छ। पीडा सहेर बाँच्नुभन्दा मर्नु निको ठानेर मृत्यु रोज्नेको संख्या बढी हुनसक्छ। त्यसैले पनि कानुन बनाउन विकसित मुलुकहरूले पनि आनाकानी गरिरहेका छन्।

गत जनवरीमा पनि भारतमा इच्छामृत्युका बारेमा सर्वोच्च अदालतले यसलाई सहजीकरण गर्नुपर्नेमा जोड दिएको थियो। त्यसो त त्यहाँ सन् २०१८ मा नै १८ वर्षभन्दा माथिका व्यक्तिले चाहे इच्छामृत्यु रोज्न सक्ने भनी बाटो खुला गरिएको थियो।

भारतको उच्च अदालतले २०१८ मा जीवनको अधिकार जत्तिकै मृत्युको अधिकार पनि हुनुपर्ने निर्णय गरेको थियो। तर भारतको इच्छामृत्युको जटिलता निकै धेरै भएकाले सहजीकृत हुनुपर्ने आवाज उठिरहेको छ।

पीडा सहेर बाँच्नुभन्दा मर्नु निको ठानेर मृत्यु रोज्नेको संख्या बढी हुनसक्छ। त्यसैले पनि कानुन बनाउन विकसित मुलुकहरूले पनि आनाकानी गरिरहेका छन्।

सन् २००२ यता नेदरल्यान्डले यसलाई स्वीकृति दिएको थियो भने हाल बेल्जियम र लक्जेम्बर्गले पनि इच्छामृत्युलाई कानुनी रूप दिइसकेका छन्।

१७ औं शताब्दीमा बेलायती दार्शनिक फ्रान्सिस बेकनले ‘युनथेनेसिया’ अर्थात् इच्छामृत्युका बारेमा पहिलो पटक आवाज उठाएका थिए।

आज हामीले यहाँ चर्चा गर्न लागेको चाहिँ इच्छामृत्युमा सघाउने एउटा संस्था डिग्निटास र त्यसका प्रमुख लुडविग मिनेलीका बारेमा हो।

स्विट्जरल्यान्डको जुरिचमा मुख्य कार्यालय रहेको डिग्निटासले मान्छेलाई मर्न सहयोग गर्छ। जीवनदेखि हार खाएका, कहिल्यै निको नहुने रोगले ग्रस्त भएका, वर्षौंदेखि कोमामा रहेकाजस्ता अनेकन् समस्या भोगिरहेकाहरूलाई परिवारको सहमतिमा मृत्यु दिइने यो कार्यालयले यसै महिना २५ वर्ष पूरा ग¥यो।

१७ औं शताब्दीमा बेलायती दार्शनिक फ्रान्सिस बेकनले ‘युनथेनेसिया’ अर्थात् इच्छामृत्युका बारेमा पहिलो पटक आवाज उठाएका थिए।

यहाँ मृत्युवरण गर्न आउनेहरू स्विस हुँदैनन्। प्रायः युरोपेली नै हुन्छन्। २५ वर्षको अवधिमा यहाँ साढे तीन हजारभन्दा बढी मानिसले मृत्यु रोजिसकेका छन्। फाइनान्सियल टाइम्सको एउटा रिपोर्टअनुसार बेलायतबाट हरेक पन्ध्र दिनमा एक जना यहाँ मृत्यु ‘माग्न’ डिग्निटास पुग्ने गर्छन्।

त्यसो त डिग्निटासले हामीले यति जनालाई मार्न सफल भयौं भन्दैन। यसले इच्छामृत्यु मागेका वा परिवारले सहज मृत्यु कामना गरेकाहरूका लागि कानुनी तथा औषधीय समाधान दिने गर्छ। यही कम्पनीको जोडबलकै कारण संसारका १० वटा देश र अमेरिकाका कयौं राज्यले ‘इच्छामृत्यु’लाई सहज बनाइदिएका छन्। पछिल्लो समय फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले आउँदो भदौतिर कानुनको मस्यौदा तयार पार्नेमा सहमत देखिएका छन्। बेलायत भने यस मामिलामा अलि सुस्त देखिएको छ।

यहाँ मृत्युवरण गर्न आउनेहरू स्विस हुँदैनन्। प्रायः युरोपेली नै हुन्छन्। २५ वर्षको अवधिमा यहाँ साढे तीन हजारभन्दा बढी मानिसले मृत्यु रोजिसकेका छन्।

यस किसिमको इच्छामृत्युको पैरवी गर्ने डिग्निटास र यसका सञ्चालक लुडविग मिनेली यही कारण बेलाबेलामा विवादको भूमरीमा पर्छन्। खासगरी मिनेली ‘मृत्युको सौदागर’ भएको केहीको आरोप छ। उनी आत्महत्यालाई साह्रै गतिलो काम ठान्छन्। कसैको भार हुनुभन्दा आफैं मृत्यु रोज्नु पुण्यको काम हो भन्छन्। उमेरमा १० वर्ष पूरा गरेको हरेक व्यक्तिले इच्छामृत्यु रोज्न पाउनुपर्ने उनको जिकिर छ। उनी स्वयम् भने ९० वर्ष बाँचिसके तर मृत्यु रोज्न पाउनुपर्ने पैरवी गरिरहेका उनले आफ्नै देशलाई यति विवादमा घचेटे कि उनलाई सरकारी वकिलले समेत सचेत गराउनुपर्‍यो।

यो उमेरमा उनको सक्रियता निकै लोभलाग्दो छ। सातामा तीन दिन उनको कम्पनी व्यस्त हुन्छ, ‘मृत्युको व्यापार गर्न।’ इच्छामृत्युमाथि कसैको काम गर्नु छ भने उनलाई डेढ दिन पूरै व्यस्त हुनुपर्छ।  

पेसाले उनी पूर्व पत्रकार हुन्। पत्रकारिताबाट दिक्क लागेपछि उनले कानुन अध्ययन गरे। कानुन पढ्दै गर्दा उनलाई लाग्यो-मृत्युको अधिकार सबैभन्दा ठुलो र यो अन्तिम अधिकार पनि हो। यसपछि शुक्रबार उनले कम्पनीको खाका तयार पारे। शनिबार र आइतबार दिनभरि दिमाग खियाइरहे। सोमबार त कम्पनी नै दर्ता गरेर काम थालिसकेका थिए।

यो उमेरमा उनको सक्रियता निकै लोभलाग्दो छ। सातामा तीन दिन उनको कम्पनी व्यस्त हुन्छ, ‘मृत्युको व्यापार गर्न।’ इच्छामृत्युमाथि कसैको काम गर्नु छ भने उनलाई डेढ दिन पूरै व्यस्त हुनुपर्छ।  

उसो भए उनका लागि असल मृत्यु के हो त? लामो श्वास फेर्दै उनले एउटा कथा सुनाएः एक दिन उनी मावला गएका थिए। उनकी हजुरआमा घरेलु बगैंचामा टहल्दै थिइन्। उनले एउटा फूलको बास्ना हृदयभरि लिइन् र भुक्लुक्क त्यहीं ढलिन्। परिवारका सदस्य दौडादौड गर्दै आए र उनलाई एम्बुलेन्समा चढाए। अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

‘यस्तो मृत्यु सबैभन्दा सुन्दर मृत्यु हो,’ उनले भने।

उसो भए खराब मृत्यु चाहिँ कस्तो हुन्छ त? फेरि पनि लामो श्वास फेर्दै उनले अर्को कथा सुनाए र यस पटक आफ्नी घरपट्टिकी हजुरआमाको कथा थियो।

उनकी हजुरआमालाई स्तन क्यान्सर भएको थियो। बेलाबेलामा निको भएजस्तो देखिने तर फेरि बल्झिन्थ्यो। हजुरआमाको जिउ बेलाबेलामा सुनिन्थ्यो। भित्रभित्रै पाक्थ्यो। शल्यक्रिया गरिएको ठाउँबाट पिप बगिरहन्थ्यो। मलाई मारिदेओ, म बाँच्न सक्दिनँ भनेर पीडाले छटपटिएको उनले आफ्नै आँखाले देखेका थिए। ‘हामी उहाँलाई बचाउन खोज्ने, उहाँ मर्न चाहने,’ उनले भने, ‘उहाँको पीडा देख्दा परिवारका सारा मानिसहरू तनाबमा पर्थे। उहाँको अथाह पीडा देख्दा मलाई उहाँ चाँडै मरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो।’

जब चिकित्सकहरूलाई उनले हजुरआमाको मृत्युलाई सहजीकरण गरिदिन अनुरोध गर्थे, चिकित्सकहरू जवाफमा भन्थे, ‘हामीलाई मान्छे बचाउन मात्र स्वीकृति छ।’

अथाह पीडामा देह त्याग्नुभएकी हजुरआमाको सो छटपटी र मृत्यु मगाईका कारण उनमा ‘इच्छामृत्यु’को धारणा सबल बन्दै एउटा अभियान नै चलाउन हुटहुटी पैदा भएको थियो। उनको अभियानले राम्रै स्थान पायो। उनले फाइनान्सियल टाइम्सलाई हालै दिएको अन्तर्वार्तामा भन्छन्, ‘सबैभन्दा उत्तम मृत्यु मेरी मावली हजुरआमाले आत्मसात गर्नुभयो। दोस्रो उत्तम मृत्यु डिग्निटासमार्फत हामी उपलब्ध गराउँछौं।’

उनले चलाएको अभियानका कारण स्वीट्जरल्यान्डमा चिकित्सकहरूले कुनै व्यक्तिको चेत छँदै आफू जिउँदो रहन इच्छुक नरहेको, त्यसमा कुनै स्वार्थ नदेखाएको अवस्थामा जीवन समाप्त पार्ने औषधि चलाउन मिल्ने भयो। तर मिनेली भने यस्तो निर्णय गर्ने अधिकार ९ वर्षका किशोरकिशोरीसम्मले पाउनुपर्ने जिकिर गर्न थाले। उनका दुई छोरीमध्ये एक जना वैवाहिक जीवन बचाउने काउन्सिलर छिन्, अर्की लेखिका छिन्। यी दुई छोरीबाट मिनेलीका चार नातिनातिना छन्।

 मिनेली भन्छन्, ‘मैले ज्यादै बिरामी बालबालिका देखेको छु। सुन्दा नमिठो लाग्न सक्छ, तर उनीहरू जिउँदो हुनु र मर्नुबीच केही फरक छैन। बरु उनीहरूले मर्दा उचित सम्मान पाउँछन्। त्यस्ता बालबालिकाका सन्दर्भमा पनि सरकारले गम्भीर भएर निर्णय लिनुपर्छ। कसैको मृत्युलाई सहजीकरण गर्ने भन्नेबित्तिकै उसलाई मार्ने भन्ने हुँदैन नि, होइन त?’

जब चिकित्सकहरूलाई उनले हजुरआमाको मृत्युलाई सहजीकरण गरिदिन अनुरोध गर्थे, चिकित्सकहरू जवाफमा भन्थे, ‘हामीलाई मान्छे बचाउन मात्र स्वीकृति छ।’

उनको बुझाइमा अल्जाइमर्सजस्तो रोग लागेका स्त्री/पुरुषहरू निर्णय गर्न नसक्ने अवस्थामा परिवारका सदस्यहरूलाई सोको निर्णय गर्ने अधिकार दिइनुपर्छ। ‘जब म आफैं आफ्नी श्रीमती र छोराछोरीलाई चिन्दिनँ भने केका सारमा म बाँचूँ?’ उनको तर्क छ।

सानो दुःख पर्नेबित्तिकै झुन्डिइहाल्ने वा भनौं मर्ने बाटो खोजिहाल्ने यो समयमा साँच्चिकै कानुनी रूपमा मृत्युलाई खुकुल्याउने हो भने कति जना मानिसहरू मर्न चाहलान् त? पाँच प्रतिशत त अवश्य पनि मर्न खोज्लान् नि, होइन? ‘त्यो त धेरै भयो,’ मिनेली भन्छन्, ‘डिग्निटासले गरेको विश्लेषणमा यहाँ आएका मध्येले पनि जम्मा दुई प्रतिशतले मात्र मृत्यु रोजे। बरु नेदरल्यान्डमा कानुन अलि खुकुलो भएका कारण त्यहाँका चार प्रतिशतले इच्छामृत्यु रोजेका थिए।’

बेलायतमा पनि सन् २००९ यता डिग्निटासमा इच्छामृत्युका लागि सही ठोकेर आउने परिवारलाई अपराधसरह ठान्नेहरूलाई कानुनी कठघरामा उभ्याइनुपर्ने भन्दै एक वकिल केइर स्टारमरले अभियान चलाउँदै आएका छन्।

यदि यस्तो कानुनलाई खुकुल्याउने हो भने असाध्य पीडामा रहेका बिरामीहरू निको हुने रोग भए पनि मर्ने इच्छा व्यक्त गर्न बेर नरहने केहीको दाबी छ। त्यसैले पनि यदि कुनै व्यक्तिले इच्छामृत्यु रोजेको खण्डमा अमेरिकाको ओरेगन राज्यमा उसको आयु ६ महिनाभन्दा कम रहेको खण्डमा मात्र स्वीकृति पाउने गरेको छ। ६ महिनाभन्दा कम समय बाँच्छु भन्नेहरूले पनि बाँच्ने इच्छा व्यक्त गरेको र बाँचुन्जेल गुणस्तरीय जीवन बाँच्न चाहेको उल्लेख गरेका थिए भने जम्मा ६ प्रतिशतले मात्र उपचार खर्च ज्यादै महँगो भएको गुनासो गरेका थिए। यसको अर्थ उपचार खर्च महँगो नभएको खण्डमा मर्नभन्दा उपचार गर्न इच्छुक हुने थिए।

डिग्निटासमा आउने बिरामीहरू पढेलेखेका, जानकार, स्वतन्त्र जीवनशैली बाँचिरहेका नै आउने हुनाले उनीहरूले गर्ने निर्णयमा कुनै दुविधा नभएको पनि बताइएको छ।

सानो दुःख पर्नेबित्तिकै झुन्डिइहाल्ने वा भनौं मर्ने बाटो खोजिहाल्ने यो समयमा साँच्चिकै कानुनी रूपमा मृत्युलाई खुकुल्याउने हो भने कति जना मानिसहरू मर्न चाहलान् त? पाँच प्रतिशत त अवश्य पनि मर्न खोज्लान् नि, होइन?

सन् २००८ को एउटा अध्ययनले के देखाएको थियो भने इच्छामृत्यु रोज्नेहरूमा दीर्घरोगपीडित थिएनन्, बरु आफ्नो अन्तिम जीवन पीडादायी नहोस् भन्ने चासो राख्नेहरू बढी थिए। पीडामा परेर घिटीघिटी भई मर्नुभन्दा बरु शान्तिपूर्वक मर्नु उचित हुन्छ भन्ने उनीहरूको तर्क थियो। मिनेली भने यस्तालाई वास्ता गर्छन्। प्रायः दुःखी आत्माहरू नै इच्छामृत्युप्रति आकर्षित हुने भएकाले मिनेली भन्छन्, ‘हामी उनीहरूलाई यस्तो मृत्युको छनोट दिन्छौं जहाँ उनीहरूले कसलाई छेउमा राखेर, कसरी, कहाँ देह त्याग गर्ने निर्णय गर्छन्।’

सन् २०११ मा जुरिचवासीहरूमध्ये ७८ प्रतिशतले यस्तो क्रियाकलापको विरोध गरेका थिए। २०२२ मा भने ७६ प्रतिशतले इच्छामृत्युलाई अस्पताल र स्वास्थ्य संस्थाको प्रत्यक्ष निगरानीमा दिँदा फरक नपर्ने मत व्यक्त गरेका थिए।

उनको इच्छामृत्युको वकालतका कारण स्विट्जरल्यान्डमा उनी निकै कुख्यात छन्। उनलाई धेरैले मन पराउँदैनन्। ‘यसले मलाई फरक पार्दैन,’ उनी भन्छन्। निजी फाइदाका लागि उनले अभियान सुरु गरेको र खासगरी एक जना महिलालाई इच्छामृत्यु गराएबापत कम्पनीका नाउँमा १ लाख १२ हजार डलर फाइदा लिएको आरोप उनीमाथि लाग्यो। खासमा ती महिलाको इच्छामृत्युलाई तीन जना चिकित्सकहरूले अस्वीकार गरे पनि डिग्निटासले उनलाई चौथो चिकित्सक खोजी मर्न सघाएका थिए।

यसैगरी डिग्निटासमा मर्न आएकामध्ये केहीको उचित तरिकाले दाहसंस्कार नभएको बरु उनीहरूको खरानी जुरिच तालमा यत्तिकै बगाइएको आरोप लागेको थियो। ‘जसको त्यसरी खरानी सेलाइयो, त्यो उनीहरूको इच्छा थियो, उनीहरूको इच्छा पूरा गर्नु मेरो कर्तव्य पनि हो,’ उनले भने, ‘मृत्यु जीवनकै सबैभन्दा ठुलो सत्य हो। एक दिन मर्नैपर्छ भने कसरी मर्ने भन्ने छनोट गर्न पाउनु मान्छेको अधिकार हो। मेरो लडाइँ यत्तिका लागि हो।’

सन् २०११ मा जुरिचवासीहरूमध्ये ७८ प्रतिशतले यस्तो क्रियाकलापको विरोध गरेका थिए। २०२२ मा भने ७६ प्रतिशतले इच्छामृत्युलाई अस्पताल र स्वास्थ्य संस्थाको प्रत्यक्ष निगरानीमा दिँदा फरक नपर्ने मत व्यक्त गरेका थिए।

दुनियाँका लागि मृत्युको व्यापार गरिरहेका उनी चाहिँ कस्तो मृत्यु चाहन्छन्? ‘म सय वर्षसम्म यसैगरी सक्रिय जीवन बाँच्न चाहन्छु,’ उनी भन्छन्, ‘के थाहा, म ११० वर्ष पनि बाँचूँला कि? तपाईंले सोध्नुहोला, के म यसरी नै इच्छामृत्यु मरूँला? बिल्कुल पनि म इच्छामृत्यु मर्ने छैन। म मेरी हजुरआमाजस्तै बगैंचामा फूलहरू सुँग्दासुँग्दै मर्न चाहन्छु।’

उनीकहाँ मर्ने इच्छा गरेर वार्षिक ग्राहक बन्नेहरूको संख्या ११ हजारभन्दा बढी छ। १० वर्षअघि उनीकहाँ सदस्य बनेका एक व्यक्ति अझै पनि ठमठमी हिँडिरहेका छन्। सदस्यहरूमध्ये अधिकांश त मर्नेबारे यतिबेला सोच्न पनि चाहँदैनन्। 

प्रकाशित: ३० वैशाख २०८० ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App