३ आश्विन २०८१ बिहीबार
image/svg+xml

खबरदारी गर्ने अभियन्ता पक्राउ

लामोसाँघु–जिरी सडक खण्ड कालोपत्रे एवम् स्त्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखा जिल्लाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

दोलखा घुम्ने निम्तो

दोलखाका तन्नेरीहरूले ‘जाऔं है दोलखा’ अभियान चलाउँदै छन्। यसले स्थापित गन्तव्यमा चहलपहल बढाउने र ओझेल परेका ठाउँलाई चम्काउने छ।

दोलखामा बोलेरो दुर्घटना हुँदा १ बालिकाको मृत्यु, ५ घाइते

दोलखाको भीमेश्वर नगरपालिका २ सोक्ला गाउँमा बुधबार बिहान बोलेरो गाडी दुर्घटनामा पर्दा त्यसमा सवार ९ बर्षिया एक जना बालिकाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते छन्।

नेता हेलीमा सरर, जनता सडकमा आजित

राजधानी काठमाडौंबाट एक सय ३२ किलोमिटरको दूरीमा रहेको सुन्दर पर्यटकीय जिल्ला दोलखामा केही वर्षअघिसम्म दैनिक सयौंले आउजाउ गर्थे। नेपाली पर्यटकको प्रमुख गन्तव्य बन्दै गइरहेको यो जिल्लामा आउने पर्यटकहरू पछिल्ला दिनमा घटेका छन्।

सञ्चारमैत्री बन्दै दोलखा

नेपाल टेलिकम दोलखाले आफ्नो सेवामा विस्तार गर्ने भएको छ। हाल दोलखा जिल्लाका सात गाउँपालिका र दुई नगरपालिकामा सेवा विस्तार गर्न लागिएको हो।

वडाध्यक्षमाथि डिएसपीको दुर्व्यवहार

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुव्र्यवहार गरेका छन् । दुई साताअघि चरिकोटमा मृत भेटिएका रूपक चौलागाईंको हत्याको अनुसन्धान ढिलो गरेको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई गद्दार भन्दै डिएसपी राईले भाटे कारबाहीको चेतावनी दिएको जनाइएको छ ।

दोलखाको पहिरोमा हराएका भेटिएनन्

शुक्रबार राती दोलखाको जुँगुमा गएको पहिरोमा हराइरहेका दुई स्थानीय आइतबार साँझसम्म फेला पर्न सकेका छैनन्।  शुक्रबार मध्यरातमा गौरीशंकर गाउँपालिकाको जुँगुमा गएको पहिरोमा हराइरहेका ५५ बर्षिया जगतबहादुर खत्री र १८ बर्षका किशोर निशान खड्कालाई पहिरो क्षेत्रमा दुई दिन देखी खोजी कार्य जारी राखिए पनि फेला पर्न सकेका छैनन्।

पुरानो साथीलाई स्वीस सरकारका तीन उपहार

स्वीस सरकारले भुइँचालोमा नराम्ररी थलिएको आफ्नो ६६ बर्षदेखिको पुरानो मित्रलाई सम्झना वापत ३  उपहार छाडेको छ। दोलखामा ५ दशकसम्म लगानी गरेर १० बर्षअघि फर्किएको स्वीस सरकारले भूकम्पपछि भत्किएका दुई सांस्कृतिक सम्पदा, एउटा शिक्षालय र हिडँडुल गर्ने बाटो गरेर ३ थरी संरचनामा २९ करोड लगानी गरेको छ।

फराकिलो सडकमा साँघुरा ‘कल्भर्ट’

सदरमुकाम चरिकोटबाट भीमेश्वर मन्दिर रहेको दोलखा बजार जोड्ने सडक बिस्तारपछि भर्खरै कालोपत्रे सकेर फराकिलो बनेको छ।

दोलखामा विप्लव बन्दको आंशिक प्रभाव

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव दोलखामा आंशिक परेको छ। जिल्लामा यातायात आवागमन सुचारु छ भने चरिकोट बजार बिहानै देखि खुलेको छ। बन्दको मारमा सबैभन्दा बढी जिल्लाका शिक्षण संस्था परेका छन्।

४३ परियोजनामा दोलखाको ‘फिल्म सिटी’ पनि

आगामी चैत दोस्रो साता हुन लागेको लगानी सम्मेलनमा सरकारले तयार पारेको परियोजनाको ‘सो–केस’मा दोलखाको अन्तर्राष्ट्रिय फिल्म सिटीसमेत समेटिएको छ। निकै लामो अध्ययनपछि राष्ट्रिय लगानी बोर्डले तयार पारेको ४३ परियोजनाको ‘सो–केस’को सूचीमा पर्यटन पूर्वाधारतर्फ दोलखाको खरिढुंगा आसपासको क्षेत्रमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय फिल्म सिटी समावेश गरिएको हो।

लगानी सम्मेलनमा दोलखाको ‘फिल्म सिटी’ पनि

आगामी चैत दोश्रो साता हुन लागेको लगानी सम्मेलनमा सरकारले तयार पारेको परियोजनाको ‘सोकेस’मा दोलखाको अन्तराष्ट्रिय फ्लिम सिटी समेत समेटिएको छ। निकै लामो अध्ययन पछि राष्ट्रिय लगानी बोर्डले तयार पारेको ४३ परियोजनाका  ‘सोकेस’को सूचीमा पर्यटन पूर्वाधार तर्फ दोलखाको खरिढुंगा आसपासको क्षेत्रमा प्रस्ताव गरिएको अन्तराष्ट्रिय फिल्म सिटी समावेश गरिएको हो।

जिरीमा वित्तीय साक्षरता कार्यक्रम

दोलखाको जिरी नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम भएको छ। जिरी उद्योग वाणिज्य संघ र प्राइम कमर्सियल बैंकको संयुक्त आयोजनामा नगरपालिका कर्मचारी र उद्योग वाणिज्य संघका सदस्यहरुलाई तालिम दिएको हो।

दोलखाका चर्चित पण्डितको शालिक निर्माण

जिल्लाका प्रख्यात संस्कृत अध्येता स्वर्गीय पण्डित माधवप्रसाद दाहालको शालिक निर्माण गरिएको छ। उनको जन्मस्थल वैत्येश्वर गाउँपालिका–६, नाम्दुस्थित डाँडाघर टोलमा उनको शालिक निर्माण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्