२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फराकिलो सडकमा साँघुरा ‘कल्भर्ट’

दोलखा- सदरमुकाम चरिकोटबाट भीमेश्वर मन्दिर रहेको दोलखा बजार जोड्ने सडक बिस्तारपछि भर्खरै कालोपत्रे सकेर फराकिलो बनेको छ।  

काममा ढिलासुस्तीले बर्षातमा हिलो र हिउँदमा लामो समयसम्म धुलोको कष्ट ब्यहोरेका यात्रु साढे ५ देखी ६ मिटर सम्म फराकिलो बनेको चिल्लो सडकमा आजकाल यात्रा गर्न पाउँदा जति आनन्द मान्छन त्यती नै दुई ओटा साना कल्भर्टले उनिहरुको मन चिसो पारिदिन्छ।  

 ‘ढिलै भएपनि सडक त फराकिलो बनेर कालोपत्रे भयो’ सडक खण्डको गौतमटोल नजिक रहेको उड्स रिसोर्टका सञ्चालक निराजन थापाले भने – ‘तर दुई ओटा यि स साना पुल (कल्भर्ट) लाई त्यसै छाडिएका कारण जोखिम बढेको छ’।  उनका अनुसार दोहोरो लेन बनेको फराकिलो सडकमा २ देखी ३ मिटरका साँघुरा कल्भर्टमा गाडी खस्न सक्ने अत्याधिक जोखिम छ।  पहिल्यै बनेका साँघुरा कल्भर्टको दाँयाबायाँका गाह्रो समेत भत्काएर खुल्ला छाडिएको छ।  

सडक खण्डको साङ खोला र मर्‍याङ खोलाका कल्भर्टबाट जुन सुकै बेला गाडी वा मोटरसाईकल खस्न सक्ने जोखिम छ।  यस्तै तिखातल छांगो भन्दा तल्लो ओरालो मोडमा समेत सडकको तलबाट ग्याबिन उठाएर संरचना नबनाईएका कारण केही दिन अघि एउटा मोटरसाईकल र एउटा साईकल खसेर दुर्घटनामा परेका थिए।  स्थानीयका अनुसार भर्खरै कालोपत्रे भएको फराकिलो र चिल्लो सडक देखेर स्पिडमा आउने मोटरसाईकल र साना सवारीका चालक कल्भर्ट नजिक आईपुगेपछि आत्तिएर ब्रेक लगाउँछन्।   

चरिकोटदेखी दोलखा पाखलती सम्मको ४ किलोमिटर दुरीको यो सडक समेत ठेकेदारको लापरवाही र ढिलासुस्तीले लामो समय अलपत्र परेको थियो।  श्रेष्ठ र समानान्तर निर्माण सेवा संयुक्त उपक्रममा दुई ओटा निर्माण फर्मको नामबाट करिब ७ करोडमा ३ बर्ष अघि ठेक्का लिएका थिए।  काम श्रेष्ठ निर्माण सेवाले गर्ने शर्त थियो।  तर काम गर्दा गर्दै श्रेष्ठ निर्माण सेवाले बिचैमा काम छाडेर सडक त्यसै अलपत्र पारेर हिड्यो।  चरिकोट सडक डिभिजन कार्यालयमा सरुवा भएर आएका डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाले संयुक्त उपक्रमका अर्का ठेकेदार समानान्तर निर्माण सेवालाई सम्पर्कमा ल्याए।  काम छाडेर अलपत्र पारेका कारण उनलाई करिब ९० लाख रुपैंया हर्जाना समेत तिराए र काम अगाडि बढाउन बाध्य पारे।  समानान्तर निर्माण सेवाले ४ महिनामै कालोपत्रेको काम सक्यो।  

तर काम सकेपनि उसले भुक्तानी नपाएका कारण कल्भर्ट बनाउ भनेर डिभिजनका कार्यालयले ठेकेदार कम्पनीलाई भन्न सकेको छैन्।  एक त समानान्तरको ठेक्का भित्र कल्भर्ट बनाउने काम समेटिएको छैन्।  डिभिजन सडक कार्यालयले उसलाई दुवै कल्भर्टको काम कोटेशन वा अरु प्रक्रिया मार्फत गराउन सक्ने भएपनि समानान्तरले गरेको कामको भुक्तानी दिन नसकिएका कारण कल्भर्ट बनाउन समस्या परेको झा ले सुनाए।  

 ‘शुरुमा यो ठेक्का संघीय सरकार मार्फत लागेको रहेछ’ उनले भने– ‘पछि संघीय सरकारले प्रदेश सरकारलाई बुझाउन खोजेपनि बजेट नभएको सडक नलिने भन्दै प्रदेश सरकारले नलिएका कारण यसको भुक्तानीमा समस्या परेको हो’।  भुक्तानीका लागी हाल फाईल अर्थमन्त्रालयमा गईसकेको र प्रक्रियामा रहेको झा ले सुनाए।  

आगामी आर्थिक बर्ष लागेपछि बजेट व्यवस्था गरेर दुवै खोलाहरुमा कल्भर्ट बनाउने डिभिजन प्रमुख झाले बताए।  यि दुवै खोलाहरुमा फराकिला स्ल्याब कल्भर्ट हाल्नुपर्ने झाले बताए।  खोलाहरुमा ६ मिटर भन्दा सातनो भागका लागी स्ल्याब र ६ भन्दा माथिका लागी पुल हालिन्छ।  

 

 

प्रकाशित: १६ असार २०७६ ०७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App