४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दोलखामा बोलेरो दुर्घटना हुँदा १ बालिकाको मृत्यु, ५ घाइते

दोलखा– दोलखाको भीमेश्वर नगरपालिका २ सोक्ला गाउँमा बुधबार बिहान बोलेरो गाडी दुर्घटनामा पर्दा त्यसमा सवार ९ बर्षिया एक जना बालिकाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते छन्। 

ऐतिहासिक दोलखा बजारबाट नागदहतर्फ केही तल रहेको सोक्ला गाउँबाट ९ जना यात्रु बोकेर दोलखा बजारतर्फ आइरहेको बा १४ च ७६७ नम्बरको उक्त बोलेरो गाडी सडकबाट २० फिट तल पल्टिँदा त्यसमा सवार सोक्ला गाउँकै ९ बर्षिया रोशनी ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

जिल्लाका प्रहरी प्रमुख डिएसपी मानबहादुर राईका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते रोशनीको सदरमुकाम चरिकोटमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा परी रोशनीका बाबु भोजबहादुरसहित ५ जना घाइते भएका छन्। घाइतेमध्ये चालक मनु तामाङ गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुको चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रकाशित: १३ कार्तिक २०७६ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App