४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दोलखाका चर्चित पण्डितको शालिक निर्माण

दोलखाको नाम्दुस्थित डाँडाघरमा निर्माण गरिएको पण्डित माधवप्रसाद दाहालको शालिक। तस्बिर : रमेश/नागरिक

दोलखा – जिल्लाका प्रख्यात संस्कृत अध्येता स्वर्गीय पण्डित माधवप्रसाद दाहालको शालिक निर्माण गरिएको छ। उनको जन्मस्थल वैत्येश्वर गाउँपालिका–६, नाम्दुस्थित डाँडाघर टोलमा उनको शालिक निर्माण गरिएको हो।

दाहालको वार्षीक पुण्य तिथिमा बिहीबार गाउँपालिकाका अध्यक्ष छवि लामा र उपाध्यक्ष रविचन्द्र आचार्यले शालिकको अनावरण गरे। पाँच लाख रुपैयाँको लागतमा दाहालका परिवारले डाँडाघर टोलमा उक्त शालिक निर्माण गरेका हुन्। अनावरणपछि गाउँपालिका अध्यक्ष लामाले शालिकका निम्ति गाउँपालिकालेसमेत सहयोग गर्ने वचन दिए।

दाहाल दोलखाकै पुराना संस्कृत शिक्षक तथा कथावाचचक पण्डित थिए। जिल्लाका विभिन्न विद्यालयमा लामो समय नेपाली र संस्कृत भाषा पढाएका उनी जिल्लामै कहलिएका प्रख्यात पुराणवाचक थिए। अघिल्लो वर्षको माघ २४ गते उनको निधन भएको थियो।

प्रकाशित: २० फाल्गुन २०७५ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App