४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दोलखामा विप्लव बन्दको आंशिक प्रभाव

दोलखाको सदरमुकाम चरिकोट बजार ।    तस्बिरः रमेश/नागरिक

दोलखा – विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव दोलखामा आंशिक परेको छ। जिल्लामा यातायात आवागमन सुचारु छ भने चरिकोट बजार बिहानै देखि खुलेको छ। बन्दको मारमा सबैभन्दा बढी जिल्लाका शिक्षण संस्था परेका छन्।

जिल्लाभरका निजी शिक्षण संस्था पूर्ण रुपमा बन्द भएका छन्। सदरमुकाम आसपासका सामुदायिक विद्यालयमा समेत बिहीबार बिहानैदेखि पढाई ठप्प भयो। बिहान झिसमिसेमै कलेज हिँडेका विद्यार्थी पढाई नभएपछि घर फर्किएका थिए। बन्दका कारण लामो दुरीका सवारीसाधन फाट्ट फुट्ट मात्र चलेका छन्।

सदरमुकामबाट राजधानीका लागी अन्य दिनको भन्दा तुलनात्मक रुपमा थोरै गाडी मात्र छुटेका छन्। चरिकोट बजार बिहीबार बिहानैदेखि पूर्ण रुपमा खुलेको छ। छोटो दुरीका सवारी साधन निर्वाध रुपमा चलिरहेका छन्। बन्दलाई मध्यनजर गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।

सशस्त्र र जनपथको संयुक्त गस्ती सडक मार्ग र बजार क्षेत्रमा बढाइएको छ। ड्युटीमा खटिएका प्रहरीलाई हातहतियार सहित विप्लवका कार्यकर्ता देखिए सिधैं गोली चलाउन आदेश दिइएको छ। ‘सडक मार्गमा गाडी निर्वाध चलेका छन, बजार खुल्ला छ, कहीं कतै कुनै पनि अवरोध छैन’ सशस्त्र प्रहरी बलको १८ नम्बर गुल्म चरिकोटका प्रमुख डिएसपी किरण कुमार कठायतले भने, ‘अवरोध गरे नियन्त्रणमा लिन वा हतियार सहित भेटिए सिधैं गोली चलाउन ड्युटीमा खटिएका प्रहरीलाई आदेश छ।’ 

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App