९ मंसिर २०८१ आइतबार
image/svg+xml

बलियो प्रतिद्धन्द्धी भारतसँग खेल्दै नेपाली महिला क्रिकेट टोली

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ।

महिला क्रिकेट टोलीको घोषणा

हङकङमा आयोजना हुने एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली महिला टोलीको घोषणा गरेको छ।

मलेसियासँगको महिला क्रिकेट शृंखला नेपालकाे पाेल्टामा

मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ। नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै शृंखला उपाधि जितेको हो। नेपालले पाँच खेलको महिला टि-२० शृंखला ३-२ ले जितेको हो।

महिला क्रिकेट टोलीको अग्रता

एक सय ११ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियाले निर्धारित ओभर खेल्दा मात्र चार विकेट गुमाए पनि जित भने निकाल्न सकेन।

टि–२० महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ। नेपालले मलेसियालाई सात विकेटले हराएको हो।

दोस्रो इक्वालिटी कप महिला क्रिकेटमा मोरङ समूह विजयी

विराटनगरमा जारी दोस्रो इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विजयी हुँदै मोरङ समूह विजेता भएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेट आजबाट

नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकम नकआउटमा शुक्रबारबाट शुरु हुने प्रतियोगितामा आज पहिलो दिन प्रदेश १ र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लब नवौं राष्ट्रिय महिला क्रिकेटमा स्वर्ण पदक हात पार्न सफल भएको छ।

माछापुच्छे् र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी

'खेलमा हारजीतभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ।'

महिला क्रिकेटः सशस्त्र प्रहरी फाईनलमा

ज्योति पाण्डेको अविजित ६९ रनको ठोस इनिङ्समा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो ।

महिला क्रिकेटः सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश

टस जितेर व्याटिङमा उत्रिएको सशस्त्र प्रहरीले निर्धारित २० ओभरमा ममता चौधरीले अविजित १७ रनका योगदानमा १०१ रनको योगफल तयार पार्‍याे। पहिलो विकेटको रुपमा इन्दु बर्मा ६ रनमा गुमाएको सशस्त्रलाई राजमती ऐरीले १६ रनको इनिङ्स खेलिन्।

महिला क्रिकेटः एपीएफ र मधेश प्रदेश बिजयी

खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो। गण्डकीका कुनैपनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन्। श्रृष्टि जैशिले बनाएको ५ रननै गण्डकीको सर्वाधिक बन्न पुग्यो।

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटको सेमिफाईनलमा प्रवेश गर्ने सशस्त्र दोस्रो टोली

सशस्त्र प्रहरीको महिला क्रिकेट टोलीले दोस्रो जित निकाल्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ। गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सशस्त्र अन्तिम चारमा प्रवेश गरेको हो। गण्डकीले तीन खेलमा पराजित हुदैं समूह ए को अन्तिम स्थानमा छ।

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लबले पोखरा क्रिकेट मैदानमा दोस्रो जित निकाल्ने क्रममा प्रदेश नं १ लाई ११८ रनले पराजित गरेको छ। सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै प्रदेश नं १ लाई १५९ रनको लक्ष्य नेपाल पुलिसले दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्