१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

महिला क्रिकेटः सशस्त्र प्रहरी फाईनलमा

ज्योति पाण्डेको अविजित ६९ रनको ठोस इनिङ्समा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ। १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पार्यो। पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन्। उनले ७ चौका हिर्काईन्। सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो।

मगरले ११ रन जोडिन। दोस्रो विकेटको रुपमा इन्दु बर्मा आउट भईन्। उनले ६ रन बनाईन्। ममता चौधरीले १६ रनमा आउट हुदाँ ओपनर पाण्डे र रोमा थापाले ५५ रनको साझेदारी निभाएका थिए। रोमाले १२ रनमा अविजित रहिन्। कृतिका मरासिनीले दुई विकेट लिईन्।

१३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटिएको छ। पहिलो विकेट १८ रनमा गुमाएको लुम्बिनीका लागि सुष्मिता बजगाँईले सर्वाधिक १२ रन जोडिन्। उनले २३ बल खेल्दै १ चौका प्रहार गरिन्। अन्य व्याटरले दोहोरो अंकको रन बनाउनबाट चुकेका थिए। लक्ष्मी चौधरीको व्याटबा ५ रन आउँदा आस्मा पुलामी मगरले ६ रन बनाईन्। २४ बल खेल्ने क्रममा १ चौका हिर्काईन्। मधु डिसीले ५ रन बनाउँदा ७ बल खेल्दै १ चौका स्कोर बोर्डमा लेखिएको थियो। नेरी थापाले ४ ओभरमा ७ रन खर्चिदै ४ विकेट लिईन्।  

प्रकाशित: ३१ आश्विन २०७९ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App