२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

महिला क्रिकेट टोलीको अग्रता

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपालकी कप्तान रुबिना क्षेत्री। तस्बिर सौजन्य: क्यान<br>

संघर्षपूर्ण ब्याटिङ गरेको नेपाली महिला क्रिकेट टोलीले बिहीबार तेस्रो खेलमा पनि मलेसियालाई २७ रनले हराउँदै जारी ट्वान्टी–२० शृंखलामा अग्रता बनाएको छ।

मलेसियाको बांगी सहरमा नेपालले संघर्षपूर्ण ब्याटिङ गर्दै १ सय १० रनको योगफल खडा गरेको थियो। यद्यपि, नेपाली बलरले कसिलो बलिङ गर्दै घरेलु टोली मलेसियालाई हार चखाए। यो जितसँगै नेपालले पाँच खेलको शृंखलामा २–१ ले अग्रता लिएको छ।

पहिलो खेलमा अप्रत्याशित हार बेहोरेको नेपालले दोस्रो र तेस्रो खेल जित्दै शृंखलामा पुनरागमन गरेको हो। एक सय ११ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ओभर खेल्दा मात्र चार विकेट गुमाए पनि जित भने निकाल्न सकेन।

एक सय ११ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियाले निर्धारित ओभर खेल्दा मात्र चार विकेट गुमाए पनि जित भने निकाल्न सकेन।

नेपालले क्रमशः दोस्रो र तेस्रो ओभरमा विकेट लिँदै घरेलु टोलीलाई दबाबमा राख्यो। त्यसपछि, मलेसिया समालिएर खेले पनि सुस्त रनगतिका कारण दबाबमा पर्‍यो। मलेसियाकी ओपनर विनिफ्रेड दुरैसिंघम र माहिर इजातीले मात्र दोहोरो अंकमा रन बटुले।

विनिफ्रेड २० रनमा तेस्रो विकेटका रूपमा आउट भइन्। त्यसपछि ब्याटिङ गर्न आएकी आइना हमिनाह शून्यमा नै पवेलियन फर्किएपछि मलेसिया थप दबाबमा पर्‍यो। अर्को छेउबाट माहिराह इजाती ४४ रनमा नटआउट रहिन्।

यद्यपि, उनले आफ्नो टोलीको हार टार्न सकिनन्। उनको इनिङमा ६ चौका रह्यो। नेपालको बलिङमा कविता कुँवर, सीता रानामगर र इन्दु बर्माले समान एक विकेट लिए। त्यसपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत निकै खराब रह्यो। दोस्रो ओभरको अन्तिम बलमा नै नेपालले विकेट गुमाउन पुग्यो।

ओपनर कविता कुँवर २ रनमा नै निक नुर एतिइलाद्वारा क्लिन बोल्ड भइन्। पहिलो विकेट गुमाउँदा तीन रन मात्र जोडेको नेपाल निकै दबाबमा पर्‍यो। जसका कारण नेपाली ब्याटरले सुस्त ब्याटिङ गरे।

विनिफ्रेड २० रनमा तेस्रो विकेटका रूपमा आउट भइन्। त्यसपछि ब्याटिङ गर्न आएकी आइना हमिनाह शून्यमा नै पवेलियन फर्किएपछि मलेसिया थप दबाबमा पर्‍यो।

अनुभवी ब्याटर सीता र ज्योति पाण्डेले इनिङ समाले। यो जोडीले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गर्‍यो। ज्योति २३ रनमा र सीता २१ रनमा क्रमशः दोस्रो र तेस्रो विकेटका रूपमा आउट भए। त्यसपछि क्रिजमा आएकी कप्तान रुबिना क्षेत्रीले आक्रामक ब्याटिङ गरिन्। उनले १५ बलमा २७ रन जोडिन्। रुबिना र कविता जोशीबीच रन लिने क्रममा तालमेल नमिल्दा रुबिना आउट हुन पुगिन्। रुबिनाको इनिङमा तीन चौका र एक छक्का रह्यो। नेपालको दोस्रो जितमा पनि रुबिना प्लेयर अफ दी म्याच घइन्।

अनुभवी ब्याटर सीता र ज्योति पाण्डेले इनिङ समाले। यो जोडीले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गर्‍यो। ज्योति २३ रनमा र सीता २१ रनमा क्रमशः दोस्रो र तेस्रो विकेटका रूपमा आउट भए।

पहिलो खेलमा पनि उनी प्लेयर अफ दी म्याच भएकी थिइन्। नेपालले अतिरिक्त १३ रन पाएपछि सय रनको आँकडा पार गर्ने अवसर पायो। पाँच खेलको शृंखलाको चौथो खेल आगामी शनिबार हुनेछ।  

प्रकाशित: १९ जेष्ठ २०८० ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App