५ आश्विन २०८१ शनिबार
image/svg+xml

सत्ता टिकाउन ओली समर्थक सडकमा, सामाजिक सञ्जालमा विरोध

प्रतिपक्षी दलसम्बद्ध र केही स्वतन्त्र युवाले सरकारविरुद्ध प्रदर्शन र विरोध गरिरहेकै बेला बुधबार काठमाडौंमा समर्थनमा प्रदर्शन गरिएको छ। सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीको राजीनामा माग राखेर एक महिनादेखि उपत्यकालगायत मुलुकका विभिन्न भागमा युवा सडकमा उत्रिएका छन्।

सदा मृत्यु प्रकरण : न्याय माग्दै दलित समुदायको प्रदर्शन, प्रहरीद्धारा अश्रुग्यास प्रहार

राजु सदा, शम्भु सदा लगायतका मृत्युको घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै प्रदेश भरका दलित समुदायले जनकपुरमा प्रदर्शन गरेका छन्। ईलाका प्रहरी कार्यालय सबैलाको हिरासत कक्षभित्रै झुण्डिएको अवस्थामा फेला परेका सम्भुको हत्या भएको र कोभिड अस्पताल जनकपुरको आइसोलेसन कक्षमा उपचार नपाएर राजुको मृत्यु भएको भन्दै उनीहरूले न्यायको माग गर्दै घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेका हुन् ।

ओलीको समर्थनमा माइतीघरमा प्रदर्शन

सरकार ढाल्न पाइदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइदैन भन्दै बिहीबार युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला केही कार्यकर्ताहरूले प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

सरकारविरुद्ध युवा अनशनमा

सडकमै सुतेर, पम्प्लेट बाँडेर सरकारविरुद्ध गर्दै आएको सडक प्रदर्शनलाई युवाहरूले फरक रूप दिएका छन्। १ महिनादेखि देशभर सरकारविरोधी प्रदर्शन गर्दै आइरहेका उनीहरू आफ्नो माग पूरा गराउन ६ दिनदेखि अनशन बसिरहेका छन्।

नागरिकता ऐन संशोधनविरुद्ध प्रदर्शनमा मन्त्रीदेखि मेयरसम्म

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने प्रावधानलाई कानुनमा व्यवस्था गर्न लागिएको विरोधमा मंगलबार प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरिएको छ ।

नागरिकता कानुन विधेयकविरुद्ध जनकपुरमा प्रदर्शन

विवाह गरी नेपाल आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने नयाँ कानुनी व्यवस्थाको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ ।

नागरिकता ऐन संसोधनको बिरोधमा प्रदर्शन

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको बिरोधमा वीरगन्जमा सोमबार धर्ना प्रदर्शन भएको छ ।

जनकपुरमा लगातार चौथो दिन प्रदर्शन

संघीय सरकार र प्रदेश सरकारका पछिल्ला कामको बिरोध गर्दै नेपाल तरुण दलका कार्यकर्ताहरूले जनकपुरमा चौथो दिन पनि प्रदर्शन गरेका छन्। विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने विधेयक, कोरोना नियन्त्रण तथा रोकथाममा प्रभावकारी काम नभएको, प्रादेशिक अस्पताल जनकपुरमा उपचार नपाएर राजु सदाको मृत्यु भएको बिरोधमा तरुण दलका कार्यकर्ताहरू शनिबार जनकपुरमा सिटी जुलुस प्रदर्शन गरेका छन्।

नागरिकता विधेयक र राजु सदाको मृत्युको विरोधमा जनकपुरमा लगातार चौथो दिन प्रदर्शन

संघीय सरकार र प्रदेश सरकारका पछिल्ला कदमहरुको विरोध गर्दै नेपाली काँग्रेसको भातृ संगठन तरुण दल धनुषाले जनकपुरमा लागातार चौथो दिन प्रदर्शन गरेको छ ।

नागरिकता ऐन संशोधनको बिरोधमा वीरगन्जमा प्रदर्शन

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको बिरोधमा वीरगन्जमा प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले वीरगन्जमा आइतबार बेग्ला बेग्लै प्रदर्शन गरेका छन् । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।

नयाँ नागरिकता विधयेक विरुद्ध कलैयामा प्रदर्शन

नयाँ नागरिकता विधयेकले भारतीय छोरीसँग विवाह गर्दा सात वर्ष पछि वैवाहिक अंगिकृत नागरिकता दिने व्यवस्थाले मधेशी समुदायलाई दीर्घकालिन रुपमा असर पर्ने भएकाले नयाँ नागरिकता विधयेकको खारेजीको माँग गर्दै कलैयामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले छुट्टा छुट्टैै विरोध प्रदर्शन गरेका हुन्।

अंगिराको न्यायका लागि बुटवलमा प्रदर्शन

रुपन्देही देवदहकी १३ वर्षीया अंगिरा पासीको जातीय भेदभावकै कारण बलात्कारपछि हत्या भएको भन्दै न्यायका लागि प्रदर्शन गरिएको छ । जेठ १० गते देवदहकी १३ वर्षीया अंगिरालाई जनप्रतिनिधि र समाजका अगुवाहरूले छिमेकका २५ वर्षीय विरेन्द्र भरको जिम्मा लगाएर पठाएको केहि घन्टामै झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।

सरकारविरुद्ध सडकमै लम्पसार

विभिन्न तरिका अपनाएर रचनात्मक प्रदर्शन गर्दै आइरहेका युवाहरूले शनिबार गरेको प्रदर्शनले धेरैको ध्यान खिचेको थियो। उनीहरूले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरूलाई व्यंग्य गरेका थिए।

सरकारविरुद्ध सडकमा युवा(फोटो फिचर)

स्वतन्त्र युवाहरुको समूहले शनिवार पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ। काठमाडौंको शहीद गेट नजिकै स्वतस्फूर्तरुपमा जम्मा भएका युवाहरुले सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। १०० प्रतिशत पिसिआर परीक्षण गर्नुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, स्वास्थ्य सामग्रीलगायत खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने माग राख्नै युवाहरुको समूहकाे विराेधमा उत्रेकाे हो।

सुध्रिएन सरकार, सेलायो युवाको प्रदर्शन

प्रायोजित ढंगबाट सकडमा विरोध गर्न निस्किएको भन्ने आरोप खेपेका युवाको टोली तितरबितर हुँदा थप आशंका उत्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्